सत्ताधारी एमालेको प्रदर्शनले जनतालाई सास्ती, छैन एम्बुलेन्ससमेत जाने बाटो(तस्बिरसहित)

सत्ताधारी एमालेको प्रदर्शनले जनतालाई सास्ती, छैन एम्बुलेन्ससमेत जाने बाटो(तस्बिरसहित)
+
-

काठमाडौँ- सत्ताधारी दल नेकपा एमालेले शुक्रबार काठमाडौँमा गरेको प्रदर्शनले सर्वसाधारणलाई सास्ती भएको छ।

‘जागरण सभा’ नाम दिएको उक्त प्रदर्शनले सर्वसाधारको दैनिकी प्रभावित हुनुका साथै एम्बुलेन्सलेसमेत बाटो नपाउने अवस्था सिर्जना भएको हो।

दैनिकीमा हिँडेका सर्वसाधारण सडक जामका कारण समयमा ठाउँमा पुग्न नपाएको गुनासो छ। यसका साथै, बिरामी बोकेका एम्बुलेन्सहरू समेत समयमै उपचारका लागि अस्पताल पुग्न नपाउँदा समस्या भएको सर्वसाधारणको गुनासो छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार चलिरहेका बेला यसरी विभिन्न नाममा सडक प्रदर्शन तथा सभाहरू हुनाले आफूहरूको दैनिकी प्रभावित भएको सर्वसाधारणको गुनासो रहेको छ।

‘जागरण सभा’मा ओलीले सम्बोधन गर्न कार्यक्रम रहेको छ। काठमाडौँको भद्रकालीबाट र्‍याली निकालेर सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने पूर्वतयारी अनुसार र्‍याली भइरहेको छ।

थप तस्बिरहरू:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?