
काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले काठमाडौँको कोटेश्वरमा विरोध प्रदर्शन गरेका छन्। प्रसाईं पक्राउ परेको विरोधमा उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा प्रसाईंलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो।
प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै प्रसाईंले सामाजिक सञ्जालमार्फत् ‘फर्जी’ कागजात बनाएर सार्वजनिक गरेपछि उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरको अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको हो।
बुधबार काठमाडौँ जिल्ला अदालतबाट प्रसाईंलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीले पाएको छ।