
काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर बलात्कारी भएको आरोप लगाउँदै माइतीघरमा धर्नामा बसेका अर्जुन धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आफ्नी छोरीलाई महरले बलात्कार गरेको आरोप लगाउँदै धामीलगायत माइतीघर मण्डलामा धर्ना बसेका थिए। उनीहरु ‘बलात्कारी ऐन महर’ लेखिएको ब्यानरसहित धर्ना बसेका थिए।
उनीहरुले आफ्ना श्रीमानको चरित्र हत्या गरेको भन्दै महरकी श्रीमतीले उक्त ब्यानर हटाउन माग गर्दै विरोध गरेपछि दुई पक्षबीच झडपसमेत भएको थियो। महर पक्षको नाराबाजीपछि प्रहरीले उक्त ब्यानर हटाएको थियो। त्यसपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।
नाराबाजी गर्दै विरोधमा उत्रिएकी महरकी श्रीमतीलगायतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।