जिल्लाभर कोरोनाविरुद्ध खोप अभियान सञ्चालन

जिल्लाभर कोरोनाविरुद्ध खोप अभियान सञ्चालन
+
-

हुम्ला– स्वास्थ्य सेवा कार्यालयले गाउँपालिकाको समन्वयमा कोरोनाविरुद्धको बुष्टर खोप लगाउने अभियान सुरु गरेको छ। कोरोनाविरुद्ध दोस्रो बुष्टर खोप लगाउन जिल्लाभर खोप अभियान सञ्चालन गर्दा सेवाग्राहीको भीड लागेको हो।

यता, अदानचुली गाउँपालिका– १ का रामहत्त महताराले कोरोनाविरुद्धको तेस्रो खोप लगाउने काम भएको जानकारी दिँदै खोप लगाउन सेवाग्राहीको भीड लाग्ने गरेको बताए।

छोटो अवधिको जानकारी भएपछि खोप लगाउन स्थानीय बासिन्दा उत्साहित भएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताए।

उनले १२ वर्षभन्दा माथिका सेवाग्राहीको संख्या आफ्नो गाउँपालिकामा बढी नै भए पनि भ्याक्सिन कम हुने चिन्ता व्यक्त गरे।

जिल्ला अस्पतालकी प्रमुख चिकित्सक प्रतीक्षा भारतीले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कर्णाली प्रदेशको आपूर्ति व्यवस्थापन महाशाखामार्फत एक हजार ८ सय ६८ भाइल कोरोना विरुद्धको भ्याक्सिन जिल्लामा आएको र महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार गाउँपालिकालाई भ्याक्सिन वितरण गरिएको बताइन्।

अस्पतालमा उपलब्ध जम्मा भ्याक्सिनमध्ये नाम्खा गाउँपालिकालाई दुई सय भाइल, सिमकोट गाउँपालिकालाई ५१७ भाइल, खार्पुनाथ गाउँपालिकालाई तीन सय भाईल, चङ्खेली गाउँपालिकालाई२६८ भाईल, अदानचुली गाउँपालिकालाई ३५० भाईल र ताँजाकोट गाउँपालिका २४७ भाईल भ्याक्निस प्रदान गरिएको छ।

एउटा भाइलमा ६ डोज हुने गर्छ। उनले जिल्लाभर कोरोना विरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको र यो काम मंसिर १६ गतेसम्म सञ्चालन हुने बताए। यो भ्याक्सिनबाट ११ हजार २०८ जना सेवाग्राही लाभान्वित हुनेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?