
काठमाडौं– ग्लोबल आइएमई बैंकले बिहिबार गोरखा बजारमा शाखा संचालनमा ल्याएको छ।
उक्त शाखाको गोरखाका जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ्ग र बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरे ।
यो शाखामा खोलिएको एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिना कुमारी श्रेष्ठले उद्घाटन गरिन्।
उद्घाटन कार्यक्रममा अध्यक्ष ढकालले सबैका लागि बैंक भन्ने मुल नारालाई चरितार्थ गर्दै देशका १४ वटै अञ्चलबाट सेवा दिन सफल भएको बताए।
उनले सम्भव भए शाखाको माध्यमबाट अन्यथा शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बैंकिङ्ग सेवा बिस्तार गर्दै जाने प्रतिबद्धता जनाए । हाल बैंकले जिल्लाका गोरखा बजार, मनकामना र सिरानचोक गरी ३ वटा शाखा सञ्चालनमा ल्याएको छ ।
नवलपरासीमा १३२ औं शाखा
बैंकले नवलपरासीको गैंडाकोटमा १३२ औं शाखा र १३७ औ एटिएम संचालनमा आएको छ।
देशभर बैंकका शाखा संख्या १३२ र एटिएम सेवा १३७ पुगेको छ। १०२ शाखारहित बैंकिङ्ग सेवा, ५ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउन्टर, विदेशमा ३ सम्पर्क कार्यालय मार्फत बैंकले सेवा दिँदै आएको छ।