
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्।
सरकारी वकील कार्यालय काठमाडौँमा पार्टी सभापति लामिछानेको बयान हुँदै गर्दा रास्वपाका कार्यकर्ताले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार साँझ काठमाडौँ ल्याइएको हो।
उनीमाथि काठमाडौँस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा अनुसन्धान भइरहेको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ देखि उनी कास्की जिल्ला प्रहरीको हिरासतमा छन्।
थप तस्बिरहरूः