
काठमाडौं– टीभीएस टू ह्वीलका लागि नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले स्मार्ट कनेक्टेड स्कुटर एनटर्क १२५ नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले भृकुटीमन्डपमा आयोजित नाडा अटो शो २०१८ मा उक्त स्कुटर सार्वजनिक गरेको हो।
युवा वर्गका लागि लक्षित गरेर डिजाइन गरिएको एनटर्क स्कुटर टिभिएस रेसिङ प्लेटफर्मका साथ ३ भल्ब इन्जिनयुक्त छ। एनर्टक १२५ टेक्नोलोजी प्लेटफर्म टिभिएस स्मार्ट कनेक्टले यो स्कुटरलाई कनेक्टेड स्कुटरमा परिभाषित गरेको छ। यसको सुरुवाती मूल्य २ लाख २४ हजार ९ सय रुपैयाँ छ।
टिभिएस एनर्टक १२५ सार्वजनिक कार्यक्रममा बोल्दै टिभिएसका एसियाका देश हेर्ने व्यवसाय प्रमुख एस अरुण कुमारले टिभिएसले आफ्ना उत्पादनहरु अत्यन्तै महत्वका साथ बजारमा ल्याउने गरेकाे जुन ग्राहकका लागी अनिवार्य रहेकाे दाबी गरे।
‘हामीले टिभिएस एनटर्क निकै आर्कषक तथा फिचरको धनी स्कुटरको रुपमा नेपाली युवामाझ ल्याएका छौं। यसले नेपाली उपभोक्ताको मन जित्ने छ। यो स्कुटर सेग्मेन्टमा नै पहिलो डिजिटल कन्सोलको प्रयोग भएको स्मार्ट स्कुटर हो’, उनले भने।
टिभिएस एनटर्क १२५ ले टिभिएस रेसिङ पेडिग्रीका कारण उच्च प्रदर्शन गर्नेछ। विगत ४ वर्षदेखि लगातार द रेसिङ च्याम्पियनसिप जितेर टिभिएस रेसिङ स्कुटर टिमले रेकर्ड कायम राखेको छ।
टिभिएस एनर्टक १२५ मा न्यू जेनेरेसन सिभिटीआई आरइभिभी १२६.७९ सीसीको सिगंल सिलिन्डर, ४ स्टोर्क, ३ भल्ब एयरकूल्ड इन्जिन छ। यसले ७५०० आरपीएममा ९। ४ पिएस र ५५०० आरपीएममा १०।५ एनएम टर्क जेनेरेट गर्छ। इन्जिनमा प्रयोग भएको अतिरिक्त्त भल्भले यसको प्रदर्शन उच्च राख्दै उत्कृष्ट एक्सेलेरेसनका साथ ९५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन्छ।
यस स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ। ३ ट्रिप मिटर, फ्यूल लेबल, स्पीड, इन्जिन टेम्परेचर र घडीजस्ता फिचर नर्मल मोडमा पाइन्छ। यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरी पार गरेको छ भन्ने देखाउँछ। हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखिन्छ जसले हेल्मेट नलगाई बाहिर निस्कने सम्भावना अत्यन्त न्यून रहन्छ।
त्यसैगरी, एंकर एपले पनि कामको धेरै सूचनाहरु दिने गर्छ। राइड रिपोर्ट जेनरेट भए पश्चात् दूरी, टाइम, ट्राफिकको टाइम र पछिल्लो पटक स्कूटर पार्क गरेको स्थानजस्ता जानकारी यस एपले दिने गर्छ।
यसमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने सेफ्टीको लागि फ्रंट डिस्क ब्रेक दिइएको छ। यसमा एलईडी डे टाइम रनिङ ल्याम्प भएपनि हेडलाइट एलईडीमा छैन। अन्डर सीट स्टोरेज क्षमतासमेत राम्रो छ।
१ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ। यो स्कुटर विभिन्न ५ रङमा उपलब्ध छन्। यो स्कुटरमा रहेको डिस्क ब्रेकले सुरक्षित यात्राको लागि निकै सहयोग पुर्याउने छ।
नयाँ एनटर्क १२५ को आगमन पछि नेपाली बजारमा टीभीएसको उपस्थिति निकै बलियो भएको छ। अब टीभीएसको लाइनअपमा निम्न दुईपाङ्ग्रे सवारीसाधन रहेका छन् ।
१.टीभीएस अपाची आरटीआर १६०– २भी, आरटीआर १६०– ४भी, आरटीआर १८० र आरटीआर २००
२. टीभीएस स्टाइकर
३. टीभीएस स्टार सिटी प्लस
४. टीभीएस भिक्टर
५. टीभीएस विगो
६. टीभीएस जुपीटर वेस, जेडएक्स र क्लासिक
७. टीभीएस डेज
८. टीभीएस जेष्ठ ११०
९.टीभीएस एक्सएल १००
१०. टीभीएस एक्सएल १०० हेबि डिउटी
साथै कम्पनीले २०० सीसी इन्जिन क्षमताको थ्री ह्वीलर टीभीएस किङ पेट्रोल भेरिएन्टको समेत बिक्री वितरण गर्दै आइरहेको छ।