
काठमाडौँ- वसन्तपुरस्थित हनुमानढोका परिसरमा मापदण्ड विपरीतका घर निर्माणमा अनुमति प्रदान गरेको भन्दै ‘सम्पदा बचाउ अभियान’ले युनेस्कोका नेपाल प्रतिनिधि क्रिस्चियन म्यानहर्टको पुत्ला दहन गरेको छ।
शनिबार अभियन्ताहरु वसन्तपुरमा पुगेर म्यानहर्टविरुद्ध नारा लगाउँदै उनको पुत्ला दहन गरेका हुन्। प्लेकार्डमा म्यानहर्टलाई कारबाहीको माग र दिएको निर्देशन फिर्ता लिन समेत आग्रह गरेका थिए।
यसका साथै उनीहरुले विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका परिसरमा महर्जन बिजनेस कम्प्लेक्सको निर्माण रोक्न निर्देशन दिइसकेको अवस्थामा युनेस्कोका प्रतिनिधिले द्वैध चरित्र देखाएकोले कारबाहीको माग गरेका थिए।
तस्बिरहरु- बर्षा शाह/आरजु
यो पनि हेर्नुहोस्: