
काठमाडौँ- स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान जारी रहेको छ ।
नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको हो।
काठमाडौँ महानगर वडा नं. १६, कीर्तिपुर नगरपालिकासहित देशैभर बिहानैदेखि मतदान भइरहेको छ ।
काठमाडौँ महानगरपलिका १६ मा उपप्रधानमन्त्री प्रकाशमान सिंह, उनकी पत्नी सिर्जना सिंहलगायतले पनि मतदान गरेका छन्।
तस्बिरहरूः बर्षा शाह