
प्रहरीको एउटा नारा निकै लोकप्रिय छ,’प्रहरी मेरो साथी’। सोही नारालाई आइतबार जारी स्थानीयत तह उपनिर्वाचनमा एक प्रहरीले थप बढावा दिएका छन्।
काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा पर्ने सरस्वती बहुमुखी क्याम्पसमा जारी स्थानीय तह उपनिर्वाचनमा जारी रहेका बेला सोही क्षेत्रका मतदाता श्यामलाल प्रधान आफै हिँडेर मतदान स्थल जान सकेनन्।
उमेरले ८५ काटेका श्यामलाल मतदान स्थल जानका लागि कठीन भइरहेका बेला सोही क्षेत्रमा ड्युटीमा रहेका प्रहरी साथी बनेर खटिए। उनी हुन्, नेपाल प्रहरीका सहायक हवल्दार भुवन श्रेष्ठ।
आफै राम्रोसँग हिँड्न नसकेका श्यामलाल उनै सहायक हवल्दार श्रेष्ठको सहायताले मतदान स्थल पुगे र मतदान गरे।
थप तस्बिरहरू: