फेरि सुरु भयो महेन्द्रनगरमा आन्दोलन, थालीमा चम्चाले ठटाउँदै प्रदर्शन

फेरि सुरु भयो महेन्द्रनगरमा आन्दोलन, थालीमा चम्चाले ठटाउँदै प्रदर्शन
+
-

धनगढी- निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा पुनः आन्दोलन सुरु भएको छ।

आन्दोलनको क्रममा गत भदौ ८ गते प्रहरीको गोली लागेर सनी खुन्नाको मृत्यु भएपछि रोकिएको आन्दोलन विहीवारदेखि पुनः सुरु भएको हो।

महिला अधिकारकर्मी, नेपाली कांग्रेसको विद्यार्थी सगठन नेपाल विद्यार्थी संघ लगायत सर्वसाधारणको उपस्थितिमा दबाबमूलक आन्दोलन सुरु गरिएको हो।

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारवाही गर्न माग गर्दै बुधवार कालो सारी लगाएर तीज मनाएका महिलाअधिकारकर्मीले विहिवार हातहातमा थाली र चम्चा लिएर प्रशासन अगाडि धर्ना दिएका थिए।

घटना भएको ५० दिन पुगिसक्दा पनि सरकारले बास्तविक अपराधी पक्राउ गर्न नसकेका कारण पुनः आन्दोलन सुरु गरिएको दबाब मूलक संघर्ष समितिका संयोजक हेलेन श्रेष्ठले बताइन्।

‘सुरुमा प्रहरीले छिट्टै अपराधी पत्ता लगाउँछौँ भनेपछि आन्दोलन गरेनौँ। त्यसपछि बालकको मृत्यु हुँदा कर्फ्यूका कारण आन्दोलन स्थगित गर्नुपर्‍यो,’ दबाबमूलक संघर्ष समितिका संयोजक श्रेष्ठले भनिन्, ‘अब भने हत्यारा सार्वजनिक नहुँदासम्म आन्दोलन रोक्दैनौँ।’

विहीबारदेखि आन्दोलन सुरु गरेको नेपाल विद्यार्थी संघ कञ्चनपुरले ३० गतेसम्मका आन्दोलनका कार्यक्रम बनाएको जनाएको छ।

त्यसस्वरुप ३० गते कञ्चनपुर बन्दको आह्वान गरिएको नेविसंघका केन्द्रीय सदस्य कैलाश चन्दले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?