
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सोमबार दिउँसो जनकपुर बोल्ट्स र कर्णाली याक्सको खेल भइरहँदा दर्शक मैदानमा प्रवेश गरेका छन्।
खेल जारी रहँदा दर्शक मैदान प्रवेश गरेपछि सेक्युरिटीले समातेर बाहिर निकालेका थिए। खेल सकिएलगत्तै पनि खेलाडीलाई भेट्न मेदान छिरेका एक जनालाई बाहिर निकालिएको थियो।
एनपिएलमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ। उद्घाटन खेलमा विराटनगर किङ्सलाई हराएको जनकपुरले आज कर्णाली याक्समाथि सहज जित हात पार्यो।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो।
१४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जनकपुरले १५.१ ओभरमा दुई विकेट मात्रै गुमाएर लक्ष्य पूरा गर्यो। उसका लागि कप्तान अनिल साहले नटआउट ६२ रन बनाए।