गत मंसीर ११ गते चलचित्र विकास बोर्डले राष्ट्रपतिको हातबाट चलचित्रका विभिन्न विधामा राष्ट्रिय पुरस्कार र सम्मान हस्तान्तरण गर्यो। तर चलचित्रको ‘ध्वनी’ अर्थात ‘साउन्ड’ विधा ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा पर्न सकेन। किन समेटिएन। के ध्वनीबिना कुनै चलचित्र हेर्न लायक हुन सक्छ?
करिब एक दशकदेखि नेपाली सिनेमाको साउन्डमा काम गर्दै आएका चर्चित साउन्ड डिजाइनर किशोर आचार्य भन्छन्, ‘एक त यो सरकारी निकाय पर्यो र कुन कुन विधामा पुरस्कार दिने भन्ने प्रक्रिया होला। छनोट समीति होलान्। तर मेरो व्यक्तिगत विचारमा के लाग्छ भने, यो विधा छुट्नु भनेको फिल्म मेकिङको ज्ञान कम हुनु हो। कि त साउन्डलाई महत्त्वपूर्ण ठानिएन ।’
किशोरका अनुसार अपवाद छोडेर फिल्म मेकरहरू अझै साउन्डमा गम्भीर छैनन्। ‘यत्रो राष्ट्रिय पुरस्कारमा साउन्ड विधा नसमेटिँदा पनि बोल्दैनन् । निर्माता तथा निर्देशकहरू बोल्नपर्थ्याे, बाेलेनन्। प्राविधिक कुरा प्राविधिक संघले मात्रै बोल्दिनु पर्ने हो?,’ उनले भने।
राष्ट्रिय पुरस्कार तथा सम्मान हस्तारण भएपछि नेपाली चलचित्रकर्मीले फलानो फिल्म बेस्ट हुन सक्थ्यो भन्दै सामाजिक सञ्जाल पनि तताए। तर साउन्ड विधा पनि समेटिएको भए हुन्थ्यो भन्ने कुरा सामाजिक सञ्जालमा खासै देख्न पाइएन। के चलचित्रकर्मी पनि साउन्ड विधालाई चलचित्र निर्माणको महत्वपूर्ण मेरुदण्डको रूपमा लिँदैनन्?
किशोरका अनुसार अपवाद छोडेर फिल्म मेकरहरू अझै साउन्डमा गम्भीर छैनन्। ‘यत्रो राष्ट्रिय पुरस्कारमा साउन्ड विधा नसमेटिँदा पनि बोल्दैनन् । निर्माता तथा निर्देशकहरू बोल्नपर्थ्याे बाेलेनन्। प्राविधिक कुरा प्राविधिक संघले मात्रै बोल्दिनु पर्ने हो?,’ उनले भने।
कुनै पनि चलचित्रलाई साउन्डबिना हेर्न सकिँदैन सायद। हेर्न सकिएला तर चित्त बुझ्दैन कि। मिनेटभर पनि हेर्न धैर्यता हुँदैन कि। ‘भिडियोबाट अडियो हटाइदियो भने त्यो सिसिटिभी फुटेजबाहेक केही रहँदैन। एक मिनेट हेर्न पनि ठूलै धैर्यता चाहिन्छ,’ किशोरले भने, ‘तर सिनेमाबाट भिडियो हटाइदिएर अडियो सुनौँ। र पनि अडियो सुन्न सकिन्छ किनकि अडियो त सानैदेखि सुन्दै आएका हौँ। रेडियो नाटक सुन्दै हुर्किएको हामीलाई भिडियोबिनाको साउन्ड सुन्ने बानी थियो र छ तर साउन्डबिना भिडियो हेर्न सकिँदैन।’
भिडियाेमा प्राण भरिदिने साउण्डले नै हो। किशोरका अनुसार साउन्डबिना सिनेमाको कथा अगाडि बढाउन सकिँदैन। पात्रलाई जिवन्त पार्न सकिँदैन। पात्रको चरित्र चित्रणसमेत साउण्डले भन्ने गरेको फिल्म प्रशस्त छन्। संवादलाई लयात्मक बनाउन साउण्डले नै काम गरेको जिकिर गर्छन् उनी। ‘भिजोल फल्याट गइरहेको बेला साउन्डको विभिन्न क्याटेगोरीले पात्र चित्रण गर्न सघाउँछ। पात्र बाँचेको समाज चिनाउँछ। फिल दिने, मुड दिने, इमोशनल क्रियट गर्दछ । यतिसम्म कि फ्रेम बाहिरको समाजलाई पनि हामी देखाउन सक्छौँ ब्याकग्राउण्ड साउन्डबाट। त्यसैले राष्ट्रिय पुरस्कारजस्तो प्लेटफर्ममा साउन्ड विधा नहुनु दुःखद् कुरा हो।’
सिङ्क साउन्ड :
हिजोको दिनमा चलचित्रको छायांकन हुन्थ्यो र पुनः छायांकन पछि स्टुडियोमा ल्याएर संवाद डबिङ गरिन्थ्यो र प्रक्रिया यथावतै छ। तर आजका नेपाली फिल्म मेकरमा ‘सिङ्क साउण्ड’ बढ्दो छ। किशोर भन्छन्, ‘बलिउडका एक अभिनेताले भनेको थिए— सिङ्क साउन्डले अभिनय गर्दाको जुन फिल दिन्छ त्यही फिलमा संवाद आउँदा जिवन्त लाग्ने गरेको बताएका छन्। यसरी हेर्दा बलिउडका ठूला स्टारहरु पनि सिङ्क साउन्डमा काम गर्न थालेका छन् ।’
सिङ्क साउन्ड गर्न कतिपय नेपाली चलचित्रकर्मीहरू हिचकिचाउन गरेको पाइन्छ। अपवाद छोडेर साउन्डको मामलामा मेकरहरू गम्भीर हुन नसेको दावी गर्ने आशावादी पनि छन्, ‘अहिले सिङ्क साउन्ड बढेको छ। जस्तै मैले ‘ऐना झ्यालको पुतली,’ ‘गाउँ आएको बाटो’ र ‘मेयर’ फिल्मका लागि मैले सिङ्क नै गरेको हुँ।’
चलचित्र निर्देशक मीनबहादुर भामले फिल्म ‘शाम्बाला’मा साउन्डकै लागि एक करोडभन्दा बढी खर्च गरेको मिडियामै बताएका थिए। शाम्बालाले अन्तर्राष्ट्रिय स्तरको प्रशंसा बटुल्यो र नेपाली दर्शकमा पनि राम्रै छाप छोड्यो।
एउटा फिल्म निर्माण गर्ने बजेट साउन्डमा खर्चिएको पहिलोपटक नै होला। अन्तर्राष्ट्रिय फन्डिङ कारण पनि यो खालको सहास गरे भामले तर भाम मात्रै नभएर अन्य फिल्म मेकरहरू पनि चलचित्रको साउन्डलाई लिएर गम्भीर हुन थालेको बताउँछन् किशोर।
उनका अनुसार पछिल्लो समय फिल्ममेकरहरू यात्रा गर्ने र फिल्मको सबै पक्षमा चासोका साथ अध्ययन गर्न थालेका छन्।
विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिँदा सिक्ने क्रम बढ्दो छ मेकरहरूमा। साउन्डमा राम्रो खर्च गर्न नहिचकिचाउने मेकरहरू पनि भेटे उनले। तर यसलाई उनी प्रयाप्त मान्दैनन्।
‘पहिलाभन्दा अहिले धेरै चेन्ज भएको छ साउन्डमा,’ उनले भने, ‘पछिल्लो समय नेपालमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली फिल्म मेकरहरूलाई उत्साहित बनाउनुका साथै अध्ययन गर्नुपर्छ भन्ने पाटो पनि सिकाउँदै छ। निर्देशकहरूले आफ्नो कमजोरी कहाँ छ भनेर चासो राख्न थालेका छन् र छलफलका प्लेटफर्महरू पनि बढ्दो छ। साउन्डलाई गम्भीर रूपमा लिएर काम गर्ने फिल्ममेकरहरू पनि छन्।’
अहिले साउन्ड विधा छुट्यो भनेर प्राविधिक संघ मात्रै बोलेर नपुग्ने उनको तर्क छ। सिंगो चलचित्र निर्माणमा निर्माता निर्देशकको भूमिका हुन्छ। उनीहरू पनि बोलिदिनुपर्ने उनी बताउँछन्, ‘फिल्म निर्देशक र निर्माताको हो र कुनै एक विधाबिना फिल्म पूर्ण हुँदैन। यस्तोमा त साउन्डको बारेमा होस् या मेकअपको बारेमा होस् बोल्नु पर्नेहरु त मेकरहरु पनि हो।’
नेपाली फिल्ममा साउन्ड निकै कमजोर रहेको किशोरको बुझाइ छ। १०० वटा फिल्म निर्माण हुँदा पाँचदेखि ६ वटामा मात्र ‘सिङ्क साउन्ड’ हुने गर्छ। साउन्डकाे उच्चतम गुणस्तर सिङ्क साउन्डमा हुने किशोरको दाबी छ। त्यसैले सिङ्क साउन्ड प्रयोग गर्ने फिल्ममा प्रायः साउन्ड डिजाइनरको काम गर्दै आएको उनले बताए। उनी भन्छन्, ‘अहिले ५ प्रतिशत फिल्म निर्देशकले साउण्डमा गम्भीर छन्। बाँकीलाई बानी परेको छैन। सिङ्क साउण्डमा काम गर्न हिचकिचाउनेहरू पनि छन्।’
निर्देशक मीनबहादुर भाम, नवीन सुब्बा, दिपक रौनियारजस्ता फिल्म निर्देशकले साउन्डमा गम्भीर छन्। जस्तै शाम्भालामाको लोकेशन साउन्डबाहेक बाँकी साउण्ड ताइवानको ठूलो स्टूडियोमा भएको बताउँछन् किशोर।
नेपाली फिल्ममा साउन्ड निकै कमजोर रहेको किशोरको बुझाइ छ। १०० वटा फिल्म निर्माण हुँदा पाँचदेखि ६ वटामा मात्र ‘सिङ्क साउन्ड’ हुने गर्छ। साउन्डकाे उच्चतम गुणस्तर सिङ्क साउन्डमा हुने किशोरको दाबी छ। त्यसैले सिङ्क साउन्ड प्रयोग गर्ने फिल्ममा प्रायः साउन्ड डिजाइनरको काम गर्दै आएको उनले बताए। उनी भन्छन्, ‘अहिले ५ प्रतिशत फिल्म निर्देशकले साउण्डमा गम्भीर छन्। बाँकीलाई बानी परेको छैन। सिङ्क साउण्डमा काम गर्न हिचकिचाउनेहरू पनि छन्।’
‘सिङ्क साउन्डको प्रयोग कम हुँदा नेपाली चलचित्रको अडियो अन्तर्राष्ट्रिय स्तरको जस्तो हुन दिएको छैन,’ किशोरले भने, ‘नेपालमा सिङ्क साउन्ड गर्नै नसकिने भन्ने गलत प्रचार नेपाली फिल्म क्षेत्रमा फैलिएको छ।’
बजेट छुट्याउने क्रममा अझै पनि मेकरहरू सिङक साउन्डलाई सम्झिदैनन्। किन त, मेकरहरू चलचित्रको पोष्ट प्रडक्शनका लागि निश्चित एउटा स्टुडियोलाई दिने गरेकाले सिङक साउन्ड छुटेको उनको तर्क छ— ‘इकोमेन्टदेखि पोष्टप्रडक्शनको काम एकमुष्ट गर्ने भनिन्छ। त्यसो हुँदा सिंक साउन्ड छुटिरहेको छ। किनकि प्याकेज सिस्टममा जाँदा कम बजेटमा काम गर्ने पाइने भयो।’
छायांकन गरेर आएको दुई चार महिनापछि डबिङ गर्दा कलाकारको ‘फिल’ अथवा छायांकन स्थलको जस्तो पाउन नसकिने बताउँछन् उनी। तर छायांकन स्थलमा सिङ्क गर्न पनि गाह्रो र चुनौती उस्तै छ।
कतिपय फिल्मका संवाद ‘क्राउड’मा हुन्छन्। हल्लाका कारण त्यस्तो संवाद प्राय स्पष्ट हुन सक्दैन र डबिङको आवश्यक हुन्छ। तर किशोर ‘सुटिङ टिम’ अनुशासित भएमा काम गर्न गाह्रो नहुने बताएँछन्। भन्छन्, ‘पहिला कुरा त अनुशासन नै हो। दोस्रो एकअर्कालाई सहयोग गर्नु पर्यो।’
एउटै साउन्ड डिजाइनरले सबै जनराको फिल्म गर्दा गुणस्तरिय फिल्म आउन नसक्ने बताउँछन् उनी।
मेकरहरूले स्क्रीप्टमै साउन्ड डिजाइनरसँग सहकार्य गर्न सके साउन्डले फिल्ममाथि उठाउन सक्ने बताउँछन्। त्यसको लागि जनशक्तिको खाँचो पनि हुन्छ। ‘साउन्ड मा काम गर्ने जनशक्ति नै कम छ। दक्ष जनशक्तिको कमीले बिसौँ वर्षदेखि एउटै साउन्ड डिजाइनरले काम गर्नु परेको छ। तर हाम्रो प्राविधिक संघले यसमा खासै चासो दिएको पनि पाइनँ,’ उनले भने।
साउन्डमा काम गर्ने र गर्न रूचाउनेहरूको अभिवृद्धि विकासको लागि विभिन्न तालिम र कार्यशालाको खाँचो देख्छन् उनी। यसको लागि चलचित्र प्राविधिक संघले पहल गर्नु पर्ने बताउँछन्। भन्छन्, ‘चलचित्र प्राविधिक संघको सदस्य म पनि हुँ तर प्राविधिक संघले सीप विकासमा खासै काम गर्न सकेको छैन। जस्तै बलिउडबाट काम गर्ने साउन्ड डिजाइनरलाई ल्याएर एक हप्ताको कक्षा सञ्चालन गर्न पाए केही सिक्न पाइन्थ्यो। साउन्ड, मिक्सिङ, लाइट, क्यामारा, मेकअप, हियर लगायतको क्षेत्रमा काम गरिरहेका विज्ञबाट केही दिनको कार्यशाला राख्दा पनि धेरै सिकाइ हुन सक्छ ।’
सिङ्क साउन्ड प्रयोग भएको पहिलो नेपाली फिल्म कागबेनी हो। यो सन् २००७ मा निर्माण भएको थियो। त्यसपछि ह्वाइट सन, कालो पोथी लगायत फिल्ममा प्रयोग गरिएको किशोरले जानकारी दिए।
फिल्ममा साउन्डको महत्व कति हुन्छ भन्ने फिल्ममेकरले बुझ्न त अत्यावश्यक छँदै छ‚ साउन्डमा काम गर्ने जनशक्ति उत्पादन पनि महत्त्वपूर्ण रहेको बताउने किशोरले त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा फिल्म अध्ययन विषय अन्तर्गत चार वर्षे ‘अडियोग्राफी एन्ड साउन्ड इन्जिनीयरिङ’ विषयको पाठ्यक्रम बनाउने कमिटीको सदस्यका रूपमा पनि काम गरेका छन्। पाठ्यक्रमलाई सक्दो उपयोगी बनाउन आफूले भूमिका खेलेको उनले बताए।
सिङ्क साउन्ड प्रयोग भएको पहिलो नेपाली फिल्म कागबेनी हो। यो सन् २००७ मा निर्माण भएको थियो। त्यसपछि ह्वाइट सन, कालो पोथी लगायत फिल्ममा प्रयोग गरिएको किशोरले जानकारी दिए।
विश्वको प्रतिष्ठित संस्थाको सदस्यता पाए पनि गोजीमा रेकर्डर बोक्न चाहिं नछाड्ने बताउँछन् किशोर। उनले हाँस्दै भने, ‘संसारको जस्तोसुकै पदक पाए पनि ‘पकेट रेकर्डर’ बोक्न चाहिं छाड्दिनँ ।’