
काठमाठौं– सिटिजन्स बैंकले काठमाडौँको चोभारमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ।
चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै रहेको एटिएमको काठमाडौं क्षेत्र नं १० का सभासद राजन केसी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्लले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
एटिएम संचालनमा आएपछि चोभार र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंकको देशैभर ७९ वटा शाखा, ७३ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्।