कैलालीको लम्कीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाईते

कैलालीको लम्कीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाईते
+
-

धनगढी- कैलालीको लम्कीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन्।

चिसापानीदेखि महेन्द्रनगरतर्फ जादै गरेको से. १ ख ११८८ नम्बरको यात्रुबाहक बस शुक्रवार दिउँसो लम्की चुहा नगरपालिका, १ बल्चौर नजिकै दुर्घटना हुँदा बल्चौरकै १४ वर्षका अनिल वादी र महेन्द्रनगर घर भई हाल धनगढी उपमहानगरपालिका, ३ मा डेरा गरि बस्ने ३५ वर्षका परचुङ (पिटर) तामाङको मृत्यु भएको हो।

उनीहरुको उपचारको क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिए।

मृतक साईकल यात्री वादीलाई जोगाउन खोज्दा बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते ज्ञानु जोशी र विक्रम बोहरालाई थप उपचारका लासि नेपालगञ्ज रिफर गरिएको छ भने सामान्य घाईते अमन तामाङ, किरण बोहरा, शिव खडका र राम बहादुर चन्दको लम्कीस्थित लालरत्नमा उपचार भइरहेको छ।

मृतकको शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ । दुर्घटनापछि बस चालक र सहचालक फरार रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?