हिउँमै पठनपाठन गर्छन् विद्यार्थी

हिउँमै पठनपाठन गर्छन् विद्यार्थी
+
-

सिमकोट – सिमकोट गाउँपालिका– ७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले मंगलबार हिउँ जमेको चौरमा पठनपाठन गर्नुपरेको छ। भित्र कक्षामा चिसो हुने भएकाले विद्यालयका सबै कक्षाबाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको हो।

हिमपात भएपछि कक्षाकोठामा निकै जाडो हुने भएपछि बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको शिक्षक यज्ञबहादुर शाहीले बताए।

मंसिर अन्तिम भएका कारण त्यसै त चिसो बढेको र त्यसमाथि झन् हिमपातको कारण चिसो निकै बढेकाले चौरमा राखेर पढाउनुको विकल्प नभएको उनले बताए।

विद्यालयले चौरमा बालविकासदेखि कक्षा दशसम्मका झण्डै तीन सय विद्यार्थीलाई राखेर पढाइ सुचारु गरिएको हो।

माथिल्लो कक्षाका विद्यार्थीलाई त बाहिर राख्नुप¥यो भनेपछि साना कक्षाका लागि त झनै आवश्यक देखिएको हो। हुम्ला जिल्लाका सबै विद्यालयमा यो शैक्षिक सत्रको अन्तिममा पढाइ भइरहेको छ। पुस पहिलो साताबाट वार्षिक परीक्षा सञ्चालन हुन लागेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?