कुमोन शिक्षा कार्यक्रम कार्यान्वयन

कुमोन शिक्षा कार्यक्रम कार्यान्वयन
+
-

काठमाडौँ – विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिक रुपमा कार्यान्वयनमा आएको छ।

आज आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच सो कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो। सन् १९५८ मा जापानको ओसाकाबाट थालनी भएको यो कार्यक्रमले विद्यार्थीको मानसिक विकास, ‘आइक्यु’को स्तर वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुग्ने बताइएको छ।

विभिन्न ४० भन्दा बढी विद्यालयका प्रधानअध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा जापानस्थित एनपिओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको महत्वमा जोड दिए। जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले कुमोन कार्यक्रमको विश्वव्यापी प्रभाव रहेको जनाउँदै विश्वका १० प्रतिशत विद्यार्थीहरू (करिब ४० लाख)ले कुमोन विधि प्रयोग गरिरहेको बताए। यो कार्यक्रम विश्वका ६५ देशका २३ हजार सात सय केन्द्रहरूमा सञ्चालित छन्।

यस विधिले लाखौँ बालबालिकाको मनोवैज्ञानिक विकासमा योगदान पुर्‍याउँदै उनीहरूलाई स्वतन्त्ररूपमा सिक्न र आलोचनात्मक सोच विकास गर्न प्रेरित गर्दै आएको छ। कुमोन आइजिसी नेपालका अध्यक्ष गणेशमान लामाले यस विधिलाई विद्यार्थीको मानसिक प्रशिक्षणमा केन्द्रित कार्यक्रमको रूपमा बुझ्न आग्रह गरे। यसले परम्परागत शैक्षिक शिक्षण विधिलाई प्रतिस्थापन गर्ने जनाए।

कार्यक्रममा एलआरआई स्कुलकी संस्थापक ट्रस्टी डा यशोधरा पन्त र युनाइटेड एकेडेमीका प्रिन्सिपल मनोज विश्वकर्माले कुमोन कार्यक्रम अपनाएपछि आफ्ना विद्यार्थीको व्यवहार र शैक्षिक क्षमतामा सकारात्मक परिवर्तन देखा परको बताए।

नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कुमोनजस्ता कार्यक्रमहरूको आवश्यकता रहेको उल्लेख गए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?