
काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो।
विराटनगरका लागि बसिर अहमदले अर्धशतक बनाए। ४४ बल खेलेका उनले ४ चौका र ४ छक्काको मद्दतमा ६८ रन बनाए। यस्तै, मार्टिन गुप्टिलले ४५ र राजेश पुलामीले रन ३३ बनाए। लोकेश बम र स्कोट इडवार्ड शून्य रनमा आउट हुँदा दिपक बोहोरा ४ र निकोलस किर्टन ८ रनमा आउट भए।
बलिङतर्फ चितवनका रजन ढकालले दुई तथा सोहेल तनवीर, बासिल हमीद र कुशल मल्लले एक–एक विकेट लिए।