
काठमाडाैँ – नेपाली यू –१९ राष्ट्रिय महिला टोलीले यू–१९ टी–२० एसियाकपमा एतिहासिक प्रदर्शन गर्यो। मलेसियाको क्वालालाम्पुर स्थित बायुमास क्रिकेट ओभलमा भएको आफ्नो पहिलो खेलमा नेपालले टेस्ट राष्ट्र पाकिस्तान विरुद्ध ६ वकेटको सानदार जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गर्याे ।
नेपालले निकालेको सोही पहिलो जितनै सेमिफाइनल पुग्नका लागि पर्याप्त बन्यो। कीनकि प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। जसमा नेपाल समूह ‘ए’ मा रहेर भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने गरी समूह विभाजन भएको छ।
यस्तोमा समूहमा नेपालसँग हारेको पाकिस्तानले आफ्नो पहिलो खेलमा आइतबार भारतसँग ९ विकेटको हार भोगेको थियो। उसलाई सेमिफाइनल आशा कायम राख्न नेपाललाई हराउनै पर्ने चुनौती थियो। तर नेपाल सँग हारेसँगै पाकिस्तान दुबै खेलमा पराजित भएर प्रतियोगिताबाट बाहिरियो। नेपाल भने समूहचरणको अन्तिम खेलमा भारतसँग खेल्नु अघिनै पाकिस्तानलाई हराएसँगै सेमिफाइनल पुग्यो।
अब नेपालले समूह विजेताका लागि अर्को टेस्ट टोली भारतसँग भोलि बिहान ११ः४५ बजे प्रतिस्पर्धा गर्दै छ। त्यसपछि समूहको विजेता र उपविजेताको तय हुने छ। अर्को समूहमा रहेको श्रीलंका र बंगलादेश सेमीफाइनलको दाबेदार छन्। दुबै टिमले १–१ खेल जित्दा मलेसिया भने जितविहीन रहेको छ। सेमिफाइनल समिकरण मंगलबार पूरा हुनेछ।
नेपालले सुपर ४ मा समूह ‘बी’ को शीर्ष २ टोलीसँग खेल्नेछ। सुपर ४ को खेल विहीबार र शुक्रबार हुनेछ। सुपर ४ को शीर्ष २ टोलीले आइतबार फाइनल खेल्नेछन्।