
काठमाडौँ- सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।
बुधबार भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।
सुदूरपश्चिमसँग पराजित भएको जनकपुर बिहीबार दोस्रो क्वालिफायर खेल कर्णाली याक्ससँग खेल्नेछ।
दोस्रो क्वालिफायर खेलको विजेता टोलीले फाइनलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ।
फाइनलमा पुगेपछि सुदूरपश्चिमको उल्लासका तस्बिरहरूः