
काठमाडौँ – नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो।
१ सय १९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
अब शनिबार फाइनलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ।