
पोखरा- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पोखराबाट सडकमार्ग हुँदै स्याङ्जा पुगेकी छिन्।
कालीगण्डकी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल आलमदेवीको दर्शन तथा अवलोकनका लागि उनी शुक्रबार स्याङ्जा पुगेकी हुन्। भण्डारीलाई स्याङ्जा र कास्कीको सीमाना फेदीखोलादेखि पुतलीबजार, भीरकोट, वालिङ, गल्याङ र कालीगण्डकीमा स्थानीयहरुले स्वागत गरेका थिए।
उनलाई जिल्लाका विभिन्न ठाउँमा नागरिकले फूलमाला, बाजागाजासहित स्वागत तथा सम्मान गरेका थिए। भण्डारीले आइतबार दिउँसो आलमदेवी मन्दिरमा पूजाआजा र अवलोकन गर्ने कार्यक्रम रहेको स्थानीयले जानकारी दिएका छन्।