
काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपाली क्रिकेटको महाकुम्भको अन्तिम खेल सुरु भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुरविरुद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
जारी एनपिएलमा ‘एल क्लासिको’ को उपमा पाएका यी दुई टिमबीचको फाइनल हेर्न हजारौं दर्शक बिहानैबाट मैदान पुगिसकेका छन्।
जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेल जारी प्रतियोगितामा तेस्रो पटक भइरहेको हो।
तस्बिरहरूः