पहरामा कुँदिएको आकृति (तस्बिरहरु)

पहरामा कुँदिएको आकृति (तस्बिरहरु)
+
-

पोखरा – पहराको ढुंगामा खोपेर बनाइएको स्नेही आमाको काखमा सन्तानको आकृति। लोभ्याउने परी। गणेश भगवानको शीरबाट बग्छ ऐना पहरा झरना।

तिनै दृश्य आँखा ठोक्किएपछि पृथ्वी राजमार्ग हुँदै हुँइकिने सवारीको ब्रेक झ्याप्पै लाग्छ। सवारी रोकेर यात्रुहरु केहीबेर टहलिन्छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा पर्ने ऐना पहरामा पहाडका ढुंगा कुँदेर आकृति बनाएपछि पर्यटकलाई निकै लोभ्याइरहेको छ।

बर्खाको बेलामा झरना हेर्न पर्यटक लोभिए पनि हिउँदमा सुनसानप्रायः हुन्थ्यो ऐनापहरा। आँबुखैरेनी गाउँपालिकाले पूर्वाधार निर्माणलाई जोड दिएपछि हिउँद बर्खा नै पर्यटक लोभिएका हुन्।

पर्यटकको चाप बढेपछि गाउँपालिकाले ५० रुपैयाँ प्रवेश शुल्क तोकेको छ। विद्यार्थी, अपांग अशक्त र ज्येष्ठ नागरिकले भने ३० रुपैयाँमा प्रवेश पाउनेछन्।

साहसिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले पूर्वाधार निर्माणको काम भइरहेको आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। ‘पहाडमा गर्न सकिने साहसिक गतिविधि जोड्दै लैजाने छौँ हामीले’, उनले भने।

गाउँपालिकाले झरनासम्म पुग्ने आकर्षक पदमार्ग, ढुंगा कुँदेर आकृति, रेष्टुरेन्टलगायतका पूर्वाधार तयार भएको उनको भनाइ छ। पिङ र स्काइवाक निर्माणको काम भइरहेको अध्यक्ष चुमानले जानकारी दिए। उनले भने, ‘रक क्लाइम्बिङको काम पनि हुँदै छ। यो वर्षको अन्त्यसम्म एडभेन्चर सेन्टर बन्छ।’

ऐनापहराको विकासका लागि झन्डै १२ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाइएको छ। गाउँपालिकाले अहिले आफ्नो स्रोतले भ्याउनेसम्मको बजेटले पूर्वाधार बनाइरहेको हो। निजी क्षेत्रसँग पनि सहकार्य गरेर थप पूर्वाधार निर्माण गर्ने गाउँपालिकाको योजना छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?