सामसङको प्राविधिक सहयोगमा सूचना तथा प्रविधी सम्बन्धी तालिम सम्पन्न

सामसङको प्राविधिक सहयोगमा सूचना तथा प्रविधी सम्बन्धी तालिम सम्पन्न
+
-

काठमाडौँ – सामसङ इलेक्ट्रोनिक्स कोरियाको प्राविधिक सहयोगमा टोखा नगरपालिकाद्वारा आयोजना गरिएको ५ दिने सूचना तथा प्रविधी सम्बन्धी तालिम सकिएको छ ।

स्थानीय युवाहरुलाई विभिन्न हार्डवेर तथा सफ्टवेरमा आधारित एप्लिकेशनको तालिम प्रदान गरिएको हो । सेप्टेम्बर ९ तारिख २०१८ देखि सुरु गरिएको उक्त तालिम कार्यक्रममा सामसङ कोरियाका वरिष्ठ इन्जिनियरहरुले टोखानगरपालिकाद्वारा छनौट गरेका १०० जना प्रशिक्षार्थीहरुलाई ग्राफिक डिजाइन, वेभसाइट डिजाइन, कम्प्युटर मर्मत तथा स्मार्ट फोन मर्मतको आधारभूत तालिम दिएका थिए ।

सहभागीहरु मध्ये ६० प्रतिशत स्थानीय महिलाहरुको सहभागीता रहेको थियो । सामसङ कोरियाले तालिममा उत्कृष्ट गर्ने २० जना प्रशिक्षार्थीहरुलाई उनीहरुले छानेको विषयमा अझ दक्ष बनाउन थप ३ महिनाको तालिमको पनि व्यवस्था गरेको छ । तालिम लिपफ्रग टेक्नोलोजि इं तथा माइक्रो लिङ्क इन्स्टिच्युट मार्फत दिइने छ ।

उक्त कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा नेपालकालागि कोरियाका राजदूतपार्क योङ–सिकको पनि सहभागीता रहेको थियो । तालिम प्रदानगर्न कोरियाबाट ४०जना प्राविधिक सहस्यहरु आएका थिए । सामसङले विगत ८ वर्ष देखि विभिन्न देशहरुमा समुदायको समग्र विकास गर्ने उद्देश्य सहित यस किसिमका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

यसै सिलसिलामा नेपालमा सामसङले यस्तो कार्यक्रम दोस्रो पटक आयोजना गरेको हो ।

तालिम कार्यक्रमका लागि आवश्यकआइ.टि.उपकरणहरु कम्प्युटर, प्रोजेक्टरका साथै फर्निचर स्टेशनरी जस्ता आवश्यक सामग्रीहरु सामसङ कोरियाले नै व्यवस्था गरेको थियो र ती सम्पूर्ण उपकरणहरु तालिमको समापन कार्यक्रममा टोखानगरपालिकाका मेयर प्रकाश अधिकारीलाई हस्तान्तरण गरिएको छ । यस प्राविधिक तालिम कार्यक्रमलाई वेटर वल्र्ड कोरिया र फ्रेन्डसिप फाउन्डेशन नेपालले संयोजन गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?