
काठमाडौँ – नेपालमा रहेका भारतीय अभिनेता गोविन्दाले पशुपतिनाथ मन्दिरमा भव्य पूजा गरेका छन् । एलजी सिने सर्कल अवार्डका लागि गोविन्दा छोरी टिना आहुजासहित शनिबार काठमाडौँ आइपुगेका हुन् ।
उनले आइतबार बिहान पशुपतिनाथ मन्दिरमा एक लाख ५६ हजारको विशेष पूजा गरेका हुन् । उनले १०८ ब्राह्मण र बटुकबाट पशुपतिमा दुई ठाउँमा यज्ञ लगाए । यस्तै लाख बत्ती पनि बालेका छन्।
गोविन्दाको यज्ञ हेर्नका लागि पशुपतिमा ठूलो घुईँचो थियो । गोविन्दा भारीत तल्लो संदन लोकसभाका पूर्व सांसद पनि हुन् । पशुपतिमा उनको पूजाका लागि सुरक्षा सर्तकता उच्च पारिएको थियो ।
उनले साढे तीन घण्टा लगाएर पूजा गरेका हुन् ।