म्याद थप्दा-थप्दा ७ वर्ष पुग्यो, तर अझै हस्तान्तरण भएन सेती प्रादेशिक अस्पताल

म्याद थप्दा-थप्दा ७ वर्ष पुग्यो, तर अझै हस्तान्तरण भएन सेती प्रादेशिक अस्पताल
+
-

धनगढी- सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीस्थित सेती प्रादेशिक अस्पताको भवन ७ ‍वर्षसम्म पनि हस्तान्तरण हुन सकेको छैन।

तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भवन ५ पटकसम्म म्याद थप हुँदा पनि बन्न नसक्दा सेवाग्राही मारमा परेका छन्।

२०८१ चैत मसान्तसम्म भवन निर्माण सम्पन्न गर्ने गरी पाँचौं पटक म्याद थप गरिएको भएपनि सो समयमा पनि भवन हस्तान्तरण हुनेमा आशंका उत्पन्न हुन थालेको छ।

अस्पतालको नयाँ भवन निर्माण कार्य ठेकेदारको चरम लाप्रवाहीका कारण अलपत्र परेको हाे। २०७४ साल असोज २८ गते ठेक्का सम्झौता भएर २०७७ वैशाख २७ गतेसम्म काम सम्पन्न गरिसक्ने गरी रविन, थेगिक जेभी निर्माण कम्पनिले भवन निर्माणको ठेक्का पाएको थियो। तर ७ वर्षसम्म भवन हस्तान्तरण हुन सकेको छैन।

यसबिचमा ५ पटक भवन निर्माणको म्याद थपिएपनि भवनको प्रगति भने सन्तोष जनक देखिँदैन। शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका अनुसार हालसम्म भवनको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख शिखर लामा तामाङका अनुसार चैत मसान्तसम्म निर्माण कम्पनीले भवन हस्ततान्तरण गरिसक्नु पर्नेछ। सो समयसम्म भवन निर्माण सम्पन्न गर्न ठेकदार कम्पनीलाई लगातार ताकेता हुँदै आएको उनले बताए। उनका अनुसार ठेकदारको कामगर्ने शैली भने सन्तोषजनक छैन।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले पनि ठेकदारको काम गर्ने शैली सुस्त रहेको बताए। उनले चैतसम्म भवन निर्माण हुन्छ भन्ने आशा गरेपनि ढुक्क नभएको बताए।

पाण्डेयका अनुसार ठेकेदारले भवन हस्तान्तरण नगर्दा संघीय सरकारबाट चालु आर्थिक वर्षका लागि विनियोजित बजेटसमेत कार्यान्वयन नहुने जोखिम बढेको छ। चालु आर्थिक वर्षका लागि थप भवन निर्माण गर्न संघीय सरकारबाट ३ अरब बजेट विनियोजन भएको उनले बताए।

सुदूरपश्चिम प्रदेशका पूर्वभौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले ठेकदारको कम्जोरीका कारण भवन समयमै बन्न नसकेको बताए। आफूले सरकारका तर्फबाट र व्यक्तिगत रुपमा पनि निर्माण कम्पनिलाई पटक-पटक भवन निर्माण सम्पन्न गर्न सुझाब दिएको बताउँदै पूर्वमन्त्री देउवाले भने,’अब भने काम सम्पन्न नभए ठेकदार कम्पनीलाई कारवाही गर्नुपर्छ।

भवन निर्माणको जिम्मा पाएको रविन, थेगिक निर्माण कम्पनीका साइट इन्चार्ज वीरेन्द्र सिंह कार्कीले चैतसम्म भवन पूर्णहस्तान्तरण हुन अझै समस्या रहेको बताए। कोभिड महामारीसंगै भवनको डिजाईन पटक-पटक परिवर्तन भएका कारण भवन निर्माणमा अवरोध भएको उनकाे दावी छ।

विरामीको अत्याधिक चाप रहने सेती अस्पतालका सेवा विस्तारका लागि ठाउँको चरम अभाव देखिन्छ। यस्तो अवस्थामा नयाँ भवन समयमै सम्पन्न गर्न सराेकारवालाकाे ध्यान जान आवश्यक छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?