
हेटौडा- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरु अलमलमा नरहेको दाबी गरेका छन्।
मुख्यमन्त्री पौडेलले समस्यै समस्याबाट गुज्रिनु परेकाले सरकारले अपेक्षा अनुसार गति लिन नसकेको पनि स्पष्ट पारे।
आईतबार काठमाडौंमा आयोजित नेपाल उद्योग परिसंघसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कर्मचारीको अभाव, संरचनाको अभावका कारण आफू नेतृत्वको सरकारको कामले गति लिन नसकेको पनि स्मरण गराए।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कामलाई गतिदिने गरी बाटो बनाउने काम गरिरहेको दाबी पनि गरे।उनले केही समयपछि उद्योगी, व्यवसायीहरुले अपेक्षा गरेभन्दा बढि काम गरेर देखाउने आश्वासन पनि दिए।
मुख्यमन्त्री पौडेलले प्रदेश ३ को समृद्धिका लागि उद्योग स्थापना मूल आधार रहेको पनि स्पष्ट पारे।उनले प्रदेश ३ को समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर जाने प्रतिवद्धता पनि दोहोर्याए।
मुख्यमन्त्री पौडेलले निजी क्षेत्रको लगानी समृद्धिको आधार भएकाले सोही अनुसारको नीति तथा कार्यक्रम प्रदेश सरकारले बनाएको पनि उल्लेख गरे। मुख्यमन्त्री पौडेलले उद्योग स्थापनाका लागि सहज वातावरण बनाउन आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।