
काठमाडौं : सिद्धार्थ बैंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बीच सम्पन्न भएको Bancassurance सेवा सम्बन्धि सम्झौतापत्रमा हस्तक्षर भएको छ ।
सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्नुजभद्र खनाल र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख व्यवसायिक अधिकृत प्रयास श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सिद्धार्थ बैंकका सहायक महाप्रबंधक खनालले आगामी दिनहरुमा, प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा जीवन बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक जीवन बीमा सम्बन्धी सेवाहरु सिद्धार्थ बैंकको प्रधानकार्यालय र एक सय २३ शाखाबाट पानइने बताए ।
सिद्धार्थ बैंकले देशभर एक सय २३ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, एक सय ३१ एटिएम र एक हजारभन्दा बढी POS मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।