‘नाडा अटो शो’ सम्पन्न : २४ सय गाडी बुक, ५ अर्वको कारोबार

‘नाडा अटो शो’ सम्पन्न : २४ सय गाडी बुक, ५ अर्वको कारोबार
+
-

काठमाडौं– ६ दिनसम्म चलेको ‘नाडा अटो शो’ आज सम्पन्न भएको छ । भदौ २६ गते देखि काठमाडौंको भृकुटीमण्डपमा भएको १३ औं संस्करणमा ५ अर्व बराबरको कारोबार भएको छ ।

नाडा अटो मोवाइल एशोसिएसन अफ नेपालले आयोजना गरेको मेलामा ६५ हजार भन्दा बढिले अवलोकन गरेका छन् । २ हजार ४ सय सवारी बुक भएको नाडाले जनाएको छ ।

यसमध्ये १ हजार ६ सय मोटरसाइकल र ८ सय गाडी बुक भएका हुन् । १३ औं संस्करणको बेस्ट स्टल टीभीएसले पाएको छ । गाडीतर्फ फक्सवागनले उत्कृष्ट स्टलको अवार्ड पायो ।

मेलामा महिन्द्रा, किया, रेनोल्ट, हुण्डाई, टाटा रेनोल्ट कम्पनीहरुले विद्युतीय सवारी प्रदर्शनीमा राखेका थिए। यस वर्ष सबैभन्दा बढि विद्युतीय सवारीले ग्राहकको मन तानेको नाडा अटो मोवाइल एशोसिएसन अफ नेपालका अध्यक्ष शम्भु दाहालले बताए ।

१९ वटा ब्राण्डका ४ पांग्रे तथा २० वटा ब्राण्डका २ पांग्रे सवारीसाधन प्रदर्शनमा राखिएको थिए । त्यस्तै पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरेर यस वर्ष ७१ कम्पनीहरु सहभागी रहेका थिए । साना ठुला गरी १३४ वटा ब्लक तथा स्टलहरु रहेका थिए । यस पटक बैंक तथा इन्स्योरेन्स कम्पनीका स्टल भने स्थान अभावका कारण भन्दै राखिएको थिएन ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?