‘बालविवाहमुक्त नेपाल’ अभियान सुरु (तस्बिरहरु)

‘बालविवाहमुक्त नेपाल’ अभियान सुरु (तस्बिरहरु)
+
-

काठमाडौँ – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद्‌को आयोजनामा बालविवाहमुक्त नेपाल अभियान सुरु भएको छ।

मंगलबार ललितपुरको कुपन्डोलस्थित हिमालय होटलमा एक कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो।

अभियानको सुरुवात गर्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीले अभियानको सफलताका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने बताए। कानुन बनाएर मात्र बालबिवाहको समस्या समाधान नहुने उनको भनाइ थियो।

‘कागजको खोस्टामा कानुन बनाएर मात्रै बालबिवाहको समस्या समाधान हुने छैन। जबसम्म संघ, प्रदेश र पालिकास्तरसम्म समन्वय हुँदैन तवसम्म हाम्रा यस्ता समस्याहरूको समाधान गर्न सकिँदैन,’ उनले भने, ‘म नेपालमा बालविवाह अन्त्यका लागि संघदेखि स्थानीय वडासम्मै समन्वय गरेर काम गर्न प्रतिबद्ध छु।’

सातै प्रदेशका समाजिक विकास मन्त्री तथा मन्त्रालयका सचिवहरूलगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थाहरूको सहभागितामा अभियानको सुरुवात गरिएको हो।

अभियानमा जस्ट राइट फर चिल्ड्रेनका विश्व अभियान्ता, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता भुवन ऋभू पनि सहभागी थिए। उनले कमैयामुक्ति गरेर एउटा ऐतिहासिक प्रथा अन्त्य गरेको नेपाल अब विश्वव्यापी बालबिवाहमुक्त अभियानको एक हिस्सा बन्नेमा आफू विश्वस्त रहेको बताए।

उनले नेपालबाट भारतमा बेचिएका र नेपालमै पनि प्रचलित संस्कारका नाममा अत्याचार सहेका बालबालिकाको अधिकारका लागि आफू पनि लडिरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?