भेरी अस्पतालमा सिटिस्क्यान नहुँदा विरामी मर्कामा

भेरी अस्पतालमा सिटिस्क्यान नहुँदा विरामी मर्कामा
+
-

नेपालगञ्ज- भेरी अस्पताल, नेपालगञ्जमा सिटिस्क्यान नहुँदा विरामी मर्कामा परेका छन् । यस क्षेत्रका दूरदराजबाट उपचार गर्न आउने भेरीमा सिटीस्क्यान नहुँदा विरामी बाहिर जानु पर्ने बाध्यता भएको छ ।

भेरीमा सिटिस्क्यान मेसिन बिग्रिएको ५ महिना भइसकेको छ । सिटिस्क्यान नहुँदा दैनिक कम्ती २० जनाले बाहिरबाट सेवा लिनु परिरहेको छ । अस्पतालको आपतकालीन कक्षमा उपचार गर्न आउने विरामी धेरै समस्यामा पर्ने गरेका छन् ।

अस्पताल प्रशासनले सिटीस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाई भएको छैन । सिटिस्क्यान मेसिनको ट्यूब बिग्रिएको छ । जसलाई बनाउन एक करोड रुपैया लाग्ने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले बताए ।

सिटिस्क्यान मेसिन बनाउनका लागि स्वास्थ्य मन्त्रालय हुँदै अर्थमन्त्रालयमा फाइल पुगेपनि काम अगाडि बढ्न सकेको छैन ।
अहिले बिग्रिएको सिटिस्क्यान मेसिन बनाउनु भन्दा नयाँ किन्नतर्फ जोड दिने सोचमा मेसु सुवेदी छन् ।

सय बेडमाथिको अस्पतालमा अनिवार्य रुपमा १२८ सलाइसको सिटीस्क्यान मेसिन राख्नु पर्ने भनिएको छ । अहिले भेरीमा रहेको र बिग्रिएको १६ सलाइसको सिटीस्क्यान हो । यो मेसिनले टाउकोको मात्र स्क्यान गर्छ । पुरानो मेसिन बनाउन एक करोड नदिने सरकारले नयाँ मेसिन किन्न ७ देखि १० करोड कसरी देला ? अर्को चिन्ताको विषय बनेको छ । भेरीमा रहेको सिटिस्क्यान मेसिन १३ वर्ष पुरानो हो । पुरानो मेसिन अनि एक करोड खर्च गरेर बनाउन तत्काल बिग्रिएमा नराम्रो सन्देश जानेतर्फ मेसु डा. सुवेदी सचेत देखिन्छन् । तर, नभई पनि भएको छैन ।

केही महिनाअघि नेपालगन्जको बाइसपास रोडमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना घाइते भए । एक जनालाई भेरीमा ल्याइयो, अर्कोलाई मेडिकल कलेजमा लगियो । मेडिकल कलेजमा लगेका व्यक्तिको मृत्यु भयो । भेरीमा आएका व्यक्तिलाई सिटिस्क्यान मेसिन बिग्रिएकाले बाहिर पठाइयो । उनी सिटिस्क्यान गर्न मेडिकल कलेजमा पुगे । त्यहाँ उनले आफैसँग ठोक्किएर दुर्घटनामा परेका व्यक्तिको मृत्यु भएको थाहा पाए । त्यसपछि ती युवा सिटीस्क्यान नै नगरेर भारततिर भागे । भेरीमा आइसकेको व्यक्ति कसरी भागे ? भनेर आन्दोलन चर्कियो । अस्पताल अगाडिको सडकमा दिनभरी टायर बालेर नाराबाजी भयो । अस्पतालले भगाएको आरोप लगाइयो । खासमा सिटीस्क्यान मेसिन चलेको भए उनी भाग्ने अवस्था आउँदैनथ्यो ।
अस्पतालका मेसु डा. सुवेदीले आफूले नेपालगञ्जमा आइपुग्ने मन्त्री र सांसदलाई सिटिस्क्यान मेसिनको समस्या बताउने गरेको बताए । ‘नेपालगञ्जमा जुन मन्त्री आएपनि मैले अस्पतालको समस्या बताउने क्रममा सिटिस्क्यानलाई प्राथमिकताका साथ उठान गर्छु, मेसु डा. सुवेदीले भने, हालै आएको एउटा टोलीले त निराजनले अब सिटिस्क्यानको कुरा गर्छ भनेर पहिला बोल्न दिएनन् ।’

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको रिफरल सेन्टरको रुपमा रहेको भेरी अस्पतालमा दूरदराजबाट आउने विरामी सिटिस्क्यान गराउन अन्यत्र जानु पर्ने समस्या रहेको छ । अस्पतालको आफै सिटिस्क्यान मेसिन बनाउन सक्ने स्थिती छैन ।

अघिल्लो आर्थिक वर्षकै २२ करोड तिर्न बाँकी रहेको छ । बिमाको चैत्रदेखिको करिव १० करोड रुपैया भुक्तान भएको छैन । भेरीमा २ सय ४८ बेड सञ्चालनमा रहेको छ । सरकारले अहिले पनि सय बेडको अस्पतालको रुपमा सुविधा दिने गरेको सम्बद्धहरु बताउँछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?