काठमाडौँ- यस वर्षको ‘विष्णुभक्त रंगकर्मी पुरस्कार’ कलाकार राजेन्द्रकुमार गर्तौलालाई प्रदान गरिएको छ।
विष्णुभक्त–तारादेवी गुठी संस्थाद्वारा राजधानीमा शुक्रबार आयोजित वरिष्ठ रंगकर्मी विष्णुभक्त फुयाँलको प्रथम स्मृतिसभामा यो पुरस्कार प्रदान गरिएको हो। त्यसैगरी ‘तारादेवी युवा नारी प्रतिभा छात्रवृत्ति’ विद्यार्थी कविता तामाङलाई प्रदान गरिएको गुठी संस्थाका संरक्षक विमल फुयाँलले जानकारी दिए।
सोही अवसरमा प्रतिनिधिसभाका सांसद कृष्ण राईले कलाकार फुयाँलले कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे। वरिष्ठ रंगकर्मी फुयाँलले विभिन्न नाटक, चलचित्र र टेली चलचित्रमा अभिनय गरेका थिए। नाटकमा अभिनय गर्दागर्दै फुयालको २०७३ पुस १९ गते निधन भएको थियो।