पकहाँ मैनपुर सीमा क्षेत्रमा सशस्त्रद्वारा स्वास्थ्य शिविर

पकहाँ मैनपुर सीमा क्षेत्रमा सशस्त्रद्वारा स्वास्थ्य शिविर
+
-

वीरगञ्ज (पर्सा) –जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको स्वास्थ्य शिविरबाट भारतसँग सीमा जोडिएको पकहाँ मैनपुरका गाउँपालिकाका सर्वसाधारण लाभान्वित भएका छन्।

सशस्त्र प्रहरी बल नम्बर १३ गण हेड क्वाटर पर्साले आज भारतसँग सीमा जोडिएको रामचरित्र भगवत माध्यमिक विद्यालयमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी सर्वसाधारणले स्वास्थ्य लाभ लिएका हुन्।

पकहाँ मैनपुर–३ मैनपुरका ७५ वर्षीय शिव राउतले सशस्त्र प्रहरीले सञ्चालन गरेको शिविरमा हाडजोर्नीको उपचार गर्न पाउँदा खुसी लागेको बताए। “सधैँ सीमामा सुरक्षाका लागि खटिने सशस्त्र प्रहरीद्वारा सञ्चालित शिविरमा उपचार सेवा पाएपछि सहज भएको छ,” उनले भने, “घरदैलोमा शिविर सञ्चालन हुँदा ज्येष्ठ नागरिक, महलिा, अपाङ्गता भएकालाई सहज हुन्छ।”

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, जनरल फिजिसियन र आँखाको जाँच गरिएको थियो। फिजिसियन डा रविशंकर साह, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा लक्ष्मी थापा, हाडहोर्नी विशेषज्ञ डा अरविन्द साह, नेत्र अधिकृत महेशसिंह धामीसहित सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीले सेवा उपलब्ध गराएका थिए।

सशस्त्र प्रहरी बल नं १३ गण हेड क्वाटरका गणपति राधेश्याम धिमालले सीमा क्षेत्रमा रहेका स्थानीयसँग सम्बन्ध विस्तार गर्न, स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न शिविर सञ्चालन गरिएको बताए। “बर्दी लगाएर प्रहरी भएका छौँ। सीमा क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण जनता बर्दीबिनाका प्रहरी हुन्। सीमा रक्षकका रूपमा उहाँहरूले पनि काम गर्दै आइरहेका छन्”, उनले भने, “सीमा क्षेत्रमा भएका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर आयोजना गरेका हौँ।”

स्वास्थ्य शिविर पकहाँ मैनपुर गाउँपालिका, प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, वीरगञ्ज सामुदायिक आँखा केन्द्र, रोहित फाउण्डेसन एण्ड क्वेष्ट फर्मासिक्टिकलको सहयोगमा सञ्चालन गरिएको उहाँले जानकारी दिए। गणपति धिमालले सशस्त्र प्रहरी बलले सीमा रक्षाको साथसाथै जनताको स्वास्थ्यका लागि ध्यान दिँदै आइरहेको बताए।

“सशस्त्र प्रहरीले सीमा सुरक्षा मात्रै नभएर स्थानीय जनताको आधारभूत आवश्यकतालाई पनि सकेसम्म सम्बोधन गर्नेतर्फ ध्यान दिँदै आइरहेको छ”, उनले भने, “आगामी दिनमा सीमा क्षेत्रमा बसोबास गर्ने जनतासँग सहकार्य र हातमालो गर्दै अघि बढ्ने छौँ।”

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरेर जनतासँग जोडिएकामा सशस्त्रको प्रशंसा गरे। “सीमा रक्षाको लागि खटिने सशस्त्रले जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यका लागि शिविर सञ्चालन गर्नु प्रशंसायोग्य काम हो,” उनले भने, “पर्सामा शितलहरले अत्यधिक चिसो बढीरहेकाले जनतालाई चिसोबाट जोगाउन निःशुल्क दाउरा र लत्ताकपडा वितरण कार्यक्रमलाई ध्यान दिन पालिकालाई अनुरोध गरेका छौँ।”

शिविर कार्यक्रमका संयोजक दिलिपराज कार्कीले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा जाँच गर्नुका साथै स्वास्थ्य शिविरमार्फत जनतालाई सकारात्मक सन्देश दिने काम गरेको बताए। “धेरै सर्वसाधारणलाई सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गर्छ भन्ने भाष्य भइरहेको बेला स्वास्थ्य शिविर कार्यक्रम राखेर उदाहरण प्रस्तुत गरेका छौँ”, उनले भने।

पकहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेश मेहताले सशस्त्र प्रहरीले स्वास्थ्य शिविरबाट पालिकाका जनताले घरदैलोमा सेवा पाएका बताए। “कतिपय ज्येष्ठ नागरिक विभिन्न कारणले स्वास्थ्य संस्थासम्म उपचार गर्न सकिरहनुभएको थिएन्”, उनले भने, “घरदैलोमा शिविर सञ्चालन हुँदा सर्वसाधारण लाभान्वित हुनुभएको छ।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?