जापानमा बर्डफ्लुको प्रकोप

जापानमा बर्डफ्लुको प्रकोप
+
-

जापानको उत्तरी इवाते क्षेत्रको एक फार्ममा बर्डफ्लु को प्रकोप फैलिएपछि जापानका अधिकारीहरूले आइतबारदेखि करिब ५० हजार कुखुरा नष्ट गर्न सुरु गरेका छन्।

जापानमा बर्डफ्लुको यो १९ औँ प्रकोप भएको कृषि मन्त्रालयले जनाएको छ। पछिल्लो फार्ममा कुखुराको मृत्यु दर बढ्दै गएको र आइतबार गरिएको परीक्षणमा फार्मका कुखुरामा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यसले गर्दा त्यहाँ ५० हजार कुखुरालाई नष्ट गरिएको क्षेत्रीय प्रशासनले जनाएको छ। इवातेले तीन किलोमिटर (१.८६ माइल) को परिधिभित्र रहेका अन्य दुई फार्ममा राखिएका १७ हजार पङ्क्षीको आवागमनमा पनि प्रतिबन्ध लगाएको छ।

सङ्क्रमित फार्मको १० किलोमिटरभित्र राखिएका करिब ३८ लाख चरा तत्कालका लागि उक्त षेत्रबाट बाहिर जानबाट रोकिने छ।

बिहीबार इवातेको अर्को फार्म र मध्य आइची क्षेत्रको एक फार्ममा बर्ड फ्लु भाइरसको सङ्क्रमण देखिएको थियो र यसले ती फार्ममा क्रमशः एक लाख २० हजार र एक लाख लाख ४७ हजार पङ्क्षीलाई नष्ट गर्नुपरेको छ।

डिसेम्बर २९ मा पूर्वी इबाराकीको एक फार्ममा प्रकोप पुष्टि भएको थियो, जसका कारण त्यहाँ १० लाख ८० हजार पङ्क्षीलाई नष्ट गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?