
काठमाडौँ – सार्वजनिक शिक्षामा सुधारको माग गर्दै सरकारलाई दबाब दिन विगत ९ दिनदेखि माइतीघर मण्डलामा उभिएर प्रदर्शन गर्दै आएका नेत्र चापागाईंसँग शिक्षामन्त्री विद्या भट्टराईले भेट गरेकी छन्।
सोमबार दिउँसो शिक्षामन्त्री भट्टराई र प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा चापागाईंलाई भेट्न माइतीघर पुगेका हुन्। त्यसक्रममा मन्त्री भट्टराईले उनका माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्।
शिक्षामन्त्रीको प्रतिबद्धतापछि चापागाईंले आफ्नो धर्ना कार्यक्रम स्थगित गरेका छन्।
उनले यसअघि पोखरामा पनि यही माग राखेर धर्ना दिएका थिए।