गेटामा तीनसय शैयाको अस्पताल सञ्चालन गर्न छात्रवृतिका चिकित्सक पठाइने

गेटामा तीनसय शैयाको अस्पताल सञ्चालन गर्न छात्रवृतिका चिकित्सक पठाइने
+
-

धनगढी- कैलालीको गेटामा तीन सय शैयाकाे अस्पताल सञ्चालन गर्न छात्रवृतिका चिकित्सक पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पाैडेलले बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ६ अर्ब ६२ करोडमा निर्माण गरेको भौतिक संरचनाहरुमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाल ५० शैयाको अस्पताल सञ्चालन गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छात्रवृत्तिका १० जना चिकित्सकहरू र २० जना नर्सिङ्ग कर्मचारीहरू सहित प्राविधिकहरूलाई गेटा पठाएर भए पनि तीन सय शैयाको अस्पताल सञ्चालन गर्ने दाबी गरिएको हो।

मंगलबार बिहान स्थलगत अनुगमनका क्रममा गेटा पुगेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गेटाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) तयारी थालिएको बताए।

तर, नेपाल सरकारको ६२ करोड बढी रकम कर्मचारीका लागि मात्र खर्च हुने देखिएको मन्त्री पौडेलले बताए। सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को काम हुँदै गर्ने र नेपाल सरकारबाट छात्रवृत्तिमा अध्ययन गरेका १० जना चिकित्सक तथा २० जना नर्सिङ्ग कर्मचारीसहित प्राविधिकहरूलाई चाँडै गेटा पठाउने मन्त्री पौडेले बताएका छन्।

उनले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विश्व विद्यालयको प्रक्रियामा छ। विश्व विद्यालयको काम रोकिने होइन। गेटामा तीन सय शैयाको अस्पताल सञ्चालन गरौ। एमबिबिएसको अध्यापन सुरु गरौं। आयोगले पनि यसैमा काम गरोस् ।’

कैलालीको गेटामा आकस्मिक सेवा सहितको २४ घण्टा स्वास्थ्य उपचार सेवा दिन मन्त्रीले निर्देशन दिएका छन्। सुदूरपश्चिम प्रादेशिक अस्पताल, सेतीले बिरामीको चाप धान्न नसकेका कारण गेटालाई बलियो बनाउनुपर्ने मन्त्रीको तर्क छ।

मन्त्री पौडेलले भने, ‘मेरो पार्टी सभापति (शेरबहादुर देउवा)ले पनि निर्देशन दिनु भएको छ। गेटामा तीन सय शैयाको अस्पताल सञ्चालन गर्न र मेरो प्रदेशमा एमबिबीएसको अध्यापन सुरु गर्नु भन्नु भएको छ। हामीले पनि ओएनएम (सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण) को काम गर्दैछौं। तीन सय शैयाको खर्च मात्र ६२ करोड बढी आउने देखिएको छ। नेपाल सरकारले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्छ। तर, हाल हामी छात्रवृत्तिका चिकित्सकबाट तीन सय शैयाको अस्पताल सुरु गर्छौं। प्रयोगशालाका उपकरण पनि आएका रहेछन्। तपाईंहरू जति जना हुनुहुन्छ, राम्रो काम गर्नु होला। निजी अस्पतालमा भन्दा पनि यतै बढी महत्व दिनुहोला।’

गेटामा आकस्मिक सहितको ओपिडी, प्रयोगशाला, एक्सरे, बहिरङ्ग सेवाहरू सञ्चालनमा रहेका छन्। तर, मन्त्री पौडेलले रातिको समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचराीहरू गेटामा बस्ने नगरेको गुनासो आएको बताउँदै त्यसकाे व्यवस्थापन गर्न निर्देशन दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?