
पोखरा – सूर्यदर्शन बचत तथा ऋण सहकारीको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश आएसँगै समर्थकले खुशियाली मनाएका छन्। आदेश आएसँगै जिल्ला अदालत कास्की परिसर बाहिर रास्वपाका नेता कार्यकर्ताले खुशियाली मनाइरहेका हुन्।
समर्थकले ‘रवि दाइ हाइ हाइ’, ‘रवि दाइ जिन्दावाद’, ‘नडराउ रवि दाइ जनता तिम्रो साथमा छन्’, ‘यो जित कसको? रविको, रवि कसको जनताको’लगायतका नाराबाजी गरिरहेका छन्।
जिल्ला न्यायाधीश नीतिज राईको एकल इजालसले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ।
नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, लिला पछाईंलाई ३७ लाख, आरती गुरूङलाई ५ लाख, मीना गुरूङलाई ५ लाख, कृष्णबहादुर गुरूङलाई १ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो।