
काठमाडौँ- सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा विपक्षी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ सहभागी थिए।
शुक्रबार केहीअघि बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रवक्ता मोहन श्रेष्ठ पनि पुगेका छन्।
यसअघि बिहीबार पनि माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसहितका विपक्षी नेताहरु छलफलमा जुटेका थिए।
केही यता सत्तारुढ दलहरुबीच फाटो बढ्दै जाँदा विपक्षी दलहरुले छलफल तीव्र पार्दै लगेका छन्।