एनसेलले ल्यायो विशेष अफर, माईफाइभ सेवा, आईफ्लिक्स डेटा प्याकमा भारी छुट

एनसेलले ल्यायो विशेष अफर, माईफाइभ सेवा, आईफ्लिक्स डेटा प्याकमा भारी छुट
+
-

काठमाडौँ – एनसेल प्राईभेट लिमिटेडले संविधान दिवसको अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ, जस अनुसार ग्राहकहरुले आकर्षक छुट सहितको दरमा माईफाइभ र आईफ्लिक्स सेवा प्रयोग गर्न सक्नेछन् ।

एनसेलका ग्राहकहरुले मंगलबार (असोज २ गते) बाट यो अफरको लाभ लिन सक्नेछन् । यो अफर १५ दिन सम्म संचालनमा रहनेछ । यस विषेश योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अब मात्र रु ५ (कर बाहेक) मा माईफाइभ सेवा सुचारु गरी एनसेलका पाँच वटा आत्मिय (माईफाइभ) नम्बरमा मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटको दरमा कुरा गर्न सक्नेछन् । विद्यमान शुल्कमा माईफाइभ सेवा सुचारु गर्न प्रति महिना कर बाहेक रु २० र माईफाइभ नम्बरहरुमा कुरा गर्न प्रति मिनेट ९९ पैसा (कर बाहेक) लाग्दछ ।

एनसेलका प्रिपेड ग्राहकले एस्ट्रिक्स५५८८ह्यास डायल गरी अफर अन्तर्गत एक महिनाका लागि माईफाइभ सेवा सुचारु गर्न सक्छन् । प्रत्येक महिना स्वतः नविकरण हुने गरी माईफाइभ सेवा लिन चाहने ग्राहकले एस्ट्रिक्स५५९९ह्यास डायल गरी यो सेवा सुचारु गर्न सक्छन् । पाँच वटा नम्बरहरु माईफाइभ सर्कलमा राखी सके पश्चात नम्बर परिवर्तन गर्दा प्रत्येक नम्बर परिर्वतनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।

संविधान दिवसको अवसरमा आएको नयाँ अफरमा एनसेलले आफ्ना ग्राहकका लागि सुलभ दरमा भिडियो कन्टेन्टमा पहुँच सुनिश्चित गर्न आईफ्लिक्सको डेटा शुल्कमा पनि भारी छुट प्रदान गरेको छ । यस अन्तर्गत ग्राहकले अब आईफ्लिक्स विभिन्न चार प्रकारका डेटा प्याकहरु मध्ये कुनै पनि प्याक कर बाहेक मात्र रु १० मा सुचारु गर्न सक्छन् ।

विद्यमान शुल्क अनुसार, यी चार डेटा प्याकहरु –– एक घण्टाको आईफ्लिक्स डेटा प्याक (वान टाइम), एक घण्टाको आईफ्लिक्स डेटा प्याक (रिकरिङ्ग), अनलिमिटेड नाईट आईफ्लिक्स डेटा प्याक (वान टाइम) र अनलिमिटेड नाईट आईफ्लिक्स डेटा प्याक (रिकरिङ्ग) को दर कर बाहेक रु ४४।२५ रहेको थियो ।

एनसेलका ग्राहकले अब आईफ्लिक्सका यी डेटा प्याक मात्र रु १० (कर बाहेक) मा प्रयोग गर्दै यसमा रहेको बृहत भिडियो कन्टेन्टहरुको मनोरञ्जन लिन सक्नेछन् । आईफ्लिक्स एक इन्टरनेट टिभी सेवा हो जसको बृहत अनलाइन लाइब्रेरीबाट प्रयोगकर्ताहरुले चर्चित तथा आफुलाई मनपर्ने सिनेमा, टिभी शो तथा अन्य धेरै कन्टेन्टहरु अनलाइन हेर्न तथा डाउनलोड गर्न सक्छन् ।

संविधान दिवसको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक छुट योजना ल्याउन पाएकोमा कम्पनी हर्षित भएको एनसेलले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?