ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

+
-

दमौली-पृथ्वी राजमार्गको दमौली कोत्रे सडकखण्डमा पर्ने तनहुँको शुक्लागण्डकी नगरपालिका– ६ स्थित खैरेनीटारमा गएराति ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्याङ्जा जिल्ला घर भई हाल शुक्लागण्डकी नगरपालिका– ५ डेरा गरी बस्ने १९ वर्षीय चालक सुमन ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए ।

ठक्करबाट गम्भीर घाइते भएका ठकुरीको दुलेगौँडास्थित जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा राति २ः३० बजे ठकुरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

पोखराबाट दमौली आउँदै गरेको नाजख ७०३० नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ग१३प ४१६० नंको स्कुटरलाई ठक्कर दिँदा चालक ठकुरीको मृत्यु भएको हो । ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बेलचौताराले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

यो पनि हेर्नुहोस्:

स्कुटरको ठक्करबाट पैदल यात्रुको ज्‍यान गयो

‘ धन्‍न हामीले नयाँ जीवन पायौं’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?