इयु र निर्वाचन आयोगविरुद्ध ओलीको कटाक्ष

+
-

काठमाडौँ- प्रधानमन्त्री केपी ओली युरोपेली युनियन र निर्वाचन आयोगविरुद्ध खुलेरै उत्रिएका छन्।

युरोपेली युनियनले धर्म परिवर्तनको खेतीपाती गर्न नपाएको र आयोगले निर्वाचन सम्पन्न गर्ने क्रममा अनावश्यक रुपमा दुःख दिएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीले आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्।

इयु निर्वाचन पर्यवेक्षण टोलीले खस आर्यलाई समानुपातिक समावेशीताको दायराबाट हटाउनु पर्ने सुझाव दिएको प्रसंग जोड्दै प्रधानमन्त्री ओलीले यो टिप्पणी नेपालको सार्वभौमसत्ता विरुद्ध भएको धारणा राखेका छन्।

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिद्वारा तयार गरिएको निर्वाचन पर्यवेक्षण : मूल प्रतिवेदन सार्वजनिक समारोहमा आइतबार ओलीले निकै बेर यी दुई विषयमा आफूलाई केन्द्रित राखे।

प्रधानमन्त्री ओलीले निर्वाचन पर्यवेक्षणको नाममा नेपालको सामाजिक प्रबन्ध, संविधान र नेपाली जनताको लामो संघर्षपछि प्राप्त उपलब्धीलाई युरोपेली युनियनले ‘अण्डर माइन’ गरेको आरोप लगाए।

‘तपाईँहरुले गलत बोल्नुभयो र काम गर्नुभयो सच्चिनुहोस् भन्दा थप जिद्दीपूर्ण अभिव्यक्ति आउनु दुखद हो,’ ओलीले भने, ‘हामी हेपिएको पटक्कै सहन सक्दैनौँ। आफ्नो अभिव्यक्ति सच्च्याऊ।’

उनले अंग्रेजीमै भने, ‘आइ वुड लाइक टु रिक्वेस्ट युरोपियन युनियन टु थिङ सिरियस्ली एण्ड करेक्ट इट। नेपाल इज अ सोभरेन कन्ट्री।’ म गम्भीरताका साथ इयुलाई यसमा सुधार गर्न अनुरोध गर्दछु। नेपाल एउटा सार्वभौम मुलुक हो।’

पछौटेपन र गरिबीलाई देखेर नेपालमा जे गरे पनि हुन्छ भन्नेमा विदेशी लागेको उनले बताए।

‘नेपालका मतदाता सचेत छन्। छाप लगाउन जानेन होला त्यो अर्को कुरा हो। मत पत्र त छ खेताला लगाएर बोक्ने जस्तो,’ ओलीले भने, ‘२० प्रतिशत मत किन खसेन भनेर प्रश्न उठाउनेले हाम्रो बाध्यता र अप्ठेराहरुलाई बुझ्नु पर्छ। १५ प्रतिशत जनता बाहिर छन् । त्यही पनि ७३ प्रतिशत मत खसेको छ।’

प्रधानमन्त्री ओलीले नेपालीको लोकतन्त्रप्रति सजगता असाधारण भएको भन्दै त्यसबारे युरोपेली युनियनले गम्भीररुपमा सोच्नु पर्ने बताए।

नेपालले प्रजातन्त्रलाई राजनीतिक हिसावमा मात्र होइन सामाजिक पद्धतिसहित समग्रतामा बुझेको छ,’ उनले भने, ‘प्रजातन्त्रका केही पक्ष नेपालले बाहिरबाट सिकेको होला र महिला सहभागितामा हामी धेरै अघि छौं अरुभन्दा।’ उनले महिला सहभागितालाई लिएर युरोपेली युनियनलाई चुनौती समेत दिए।

युरोपेली युनियपछि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगतर्फ फर्किँदै उसको कामकारवाहीलाई लिएर निकैबेर कटाक्ष गरे।

उनले आफूले आचारसंहिता पालना गरेपनि आयोगले नचाहिँदो तरिकाले बाधा पुर्‍याएको बताए ।

सँगै बसेका आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवलाई हेर्दे उनले भने, ‘आज म तपाईँलाई नै हेरेर भन्छु, निर्वाचन आयोगले पक्षपात गर्‍यो। एउटा पार्टीलाई पत्र काटेपछि अर्को पार्टीलाई बिनागल्ती पत्र काट्ने? चुनावी अभियानमा हिँडिरहेका बेला २४ घण्टाभित्र तपाईँलाई कारवाही किन नगर्ने भन्ने पत्र आयोगबाट आयो। त्यस्तो पनि सोध्ने विषय हो? म नेपाली कांग्रेसलाई हराउन चनावमा उत्रिएकै हो। त्यसका निम्ति त तपाईहरुले निर्वाचन गराएको हो नि।’

ओलीले आफ्नो अनुहारमा हेर्दै अभिव्यक्ति दिन थालेपछि यादव मुस्कुराउन बाध्य बने। त्यही प्रसंगमा उनले भने, ‘शेरबहादुर देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन्। बाहिर कण्ठी बाँध्ने भित्रभित्र मुसा खाने प्रवृति ममा छैन। मैले प्रजातन्त्रका लागि काम गरेको हो र गरिरहन्छु।’

आयोगले पक्षपात नगरी काम गर्नु पर्ने उनको भनाइ थियो। ‘अहिलेको जस्तो पाराले निर्वाचन आयोग निष्पक्ष हुन सक्दैन। यसलाई सशक्तिकरण गर्न जरुरी छ’, उनले भने, ‘आचार संहिता लागिसक्यो तिमीहरुले मन्त्री नियुक्त गर्नु ठिक होइन भन्न किन सकेन? संवैधानिक संस्था जहिले पनि सवल र निष्पक्ष हुनु पर्छ।’

उनले अदालत र राष्ट्रपतिले भूमिका नखेलेको भए निर्वाचन नै नहुने बताए।

यो पनि पढ्नुहोस्

इयु प्रतिवेदनविरुद्ध के भने प्रधानमन्त्री केपी शर्मा ओलीले? (जस्ताको तस्तै)

इयु प्रतिवेदनविरुद्ध के भने प्रधानमन्त्री केपी शर्मा ओलीले? (जस्ताको तस्तै)

इयु प्रकरणमा कांग्रेसको धारणा के?

इयु प्रकरणमा कांग्रेसको धारणा के?

प्रधानमन्त्री ओलीले भने, ‘धर्म प्रचार गर्न नदिएको झोँकमा इयुले हेप्यो’

प्रधानमन्त्री ओलीले भने, ‘धर्म प्रचार गर्न नदिएको झोँकमा इयुले हेप्यो’

वार्ताका लागि इयु पर्यवेक्षण टोलीको निमन्त्रणा सरकारद्वारा अस्वीकार

वार्ताका लागि इयु पर्यवेक्षण टोलीको निमन्त्रणा सरकारद्वारा अस्वीकार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?