
म्याड्रिड:स्पेनिस लालिगा फुटबलको यो सिजन भ्यालेन्सियाको अपराजितयात्रा टुंगिएको छ । शनिबार रातीभएको खेलमा दोस्रो स्थानमा रहेको भ्यालेन्सिया गेटाफेसँग १–० गोलले पराजित भयो।
गेटाफेको मैदानमाभएको खेलमा घरेलु टोलीपहिलो हाफमा १० खेलाडीमासिमितभएपनिभ्यालेन्सियाले फाइदा उठाउन सकेन । गेटाफेका मर्केल बार्गाराले ६६ औं मिनेटमा गोल गरेकाथिए । भ्यालेन्सियाको यो हारले बार्सिलोनालाई फाइदा पुगेको छ।
यो सिजनअपराजित रहेको बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियाभन्दापाँचअंकले अगाडि छ । १४ खेलपछि बार्सिलोनाको ३६ र भ्यालेन्सियाका ३१ अंक छ । तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ३० अंक छ । यो सिजन स्पेनिस लिगमाअब एट्लेटिको र बार्सिलोना मात्र अपराजित छन् ।
बार्सिलोनाले ११ जित र तीन बराबरी तथाभ्यालेन्सियाले नौ जित, चार बराबरी र एक हारको नतिजानिकालेको छ । एट्लेटिकोले आठ जित र ६ बराबरीको नतिजानिकालेको छ । बार्सिलोना पछिल्ला दुई लिग खेलमा बराबरीमा रोकिएपनित्यसको फाइदा तलका क्लबले उठाउन सकेनन् ।
यो पनि हेर्नुहोस्: