‘कानुन’ जान्दै गाउँमा महिला

‘कानुन’ जान्दै गाउँमा महिला
+
-

दाङ– ऐन, कानुनबारे जानेका अधिवक्ता आउने खबर पहिले नै गाउँमा पुगिसकेको थियो। श्रीमानले विवाह दर्ता र नागरिकता नबनाइदिएको, श्रीमानको कुटाइ सहेर बस्नु परिरहेको, अर्काे बिहे गरेको, छिमेकीले जग्गाको साँधसिमाना मिचेको जस्ता समस्याहरुको पोको बोकेर लमही नगरपालिका वडा नं. ४ सेम्रहवामा स्थानीय जम्मा भए।

महिलाहरुको संख्या बढी थियो। ‘श्रीमान विदेश गएका कारणले गर्दा धेरै महिलाको विवाह दर्ता र तिनका सन्तानको जन्मदर्ता हुन सकेको छैन्, आमाको उपस्थितिमा जन्मदर्ता गराउन सकिन्छ कि सकिँदैन,’ स्थानीय महिलाको समस्या राख्दै कुसुम चौधरीले प्रश्न गरिन्, ‘प्रक्रियाबारे थाहा नहुँदा जन्मदर्ता गराउन नगएको पाएका छौं।’

प्रश्नको उत्तर दिदै अधिवक्ता अर्जुन अधिकारीले छोराछोरीको जन्मदर्ता बनाउन श्रीमती वडा कार्यालयमा जानुपर्ने र त्यहाँवाट जन्मदर्ता बनाउन सकिने बताए। विवाह दर्ता बनाउन श्रीमानश्रीमती दुवै उपस्थित हुनुपर्ने उल्लेख छ ।

सहभागीले नागरिकताको प्रश्न पनि उठाए। ‘वुवाले छोराको नागरिकता बनाइदिनुभएको छैैन्, बाजे जीवित हुनुहुन्छ, बाजेको आधारमा नागरिकता ल्याउन सकिन्छ कि सकिँदैन?’ सहभागीमध्ये एकजनाले सोधे।

जवाफमा अधिवक्ता अधिकारीले बाजेको आधारमा नागरिकता दिन सकिने त्यसका लागी सनाखत बस्नुपर्ने जानकारी दिए। ऐन, कानुनको बारेमा जानकारी दिन समुदाय स्तरमा कानुनी शिविर आयोजना गरेपछि सर्वसाधारण नागरिकले कानुनबारे सोधीखोजी गर्न थालेका छन्।

लुकेर रहेका हिंसाका घटना पनि बाहिर आउन थालेपछि हिंसामा संलग्न पीडकलाई हुने कानुनी कारबाहीबारे समेत जानकारी लिन थालिएको हो। कानुनी शिविर आयोजना गरिएपछि सेम्रहवा गाउँका महिलाले विवाह भएको ३५ दिनभित्र नवदम्पतीलाई विवाह दर्ता गराउन सल्लाह दिँदै वडा कार्यालयसम्म पठाउने गर्छन्।

बच्चा जन्मिएपछि पनि जन्मदर्ता गराउन सल्लाह दिन्छन्, गाउँमा कसैको मृत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र लिन सल्लाह दिएर सम्बन्धित निकायसम्म पठाउने गरेका छन्। ‘यसअघि पनि हाम्रो गाउँमा यस्तो शिविर चलेको थियो, जसले गर्दा व्यक्तिगत घटना दर्ता समयमा नगराएमा त्यही कारणले समस्या पर्न सकिन्छ भन्ने बुझेर गाउँमा सबैलाई जानकारी दिने र घटना दर्ताका लागि वडा कार्यालयमा पठाउने गरेका छौं’, गौरी कुमालले भनिन्, ‘मेरो विवाह दर्ता, नागरिकता, हाम्रा छोरा छोरीको जन्मदर्ता सबै बनाइसकेका छौं, नबनाएकाहरुलाई बनाउन सल्लाह दिने गरेको छु।’ पहुँच परियोजना अन्तर्गत सेलर्डले लमही–४ सेम्रहवामा कानुनी शिविरको आयोजना गरेको थियो।

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’