
अ
+
अ
अ
-
आफूलाई पक्रन सोमबार बेलुका टिचिङ अस्पताल परिसर पुगेका महानगरीय प्रहरी परिसरका एसपी रामदत्त जोशीलाई डा. गोविन्द केसीले मेरो हालखबर सोध्न आउनुभएको भनेको त समात्न पो आउनुभएको रहेछ भन्दै प्रश्न सोधेका थिए।
डा. केसी र जोशीबीच यस्तो संवाद भएको थियो:
डा. केसी: मेरो हालखबर सोध्न आउनु भएको होला भनेको, समात्न पो आउनु भएको?
जोशी: त्यस्तो होइन, हामीले पनि अदालतको आदेशलाई मान्ने हो।
डा. केसी: हिजो तपाईँहरु मेरो सुरक्षाका लागि खटिनुहुन्थ्यो। तर, आज भ्रष्ट प्रधानन्याधीशको आदेश मानेर समात्न आउनु भयो?
जोशी: त्यस्तो होइन, हजूरको सुरक्षाा त हामी गर्छौँ नि सर।
त्यसपछि डा. केसी एसपी जोशीसँग टिचिङ अस्पतालबाट बाहिरिएका थिए।
यो पनि हेर्नुहोस्:
सर्वोच्च अदालतबाहिर केसी रिहाइको माग गर्दै प्रदर्शन
डा. केसीले बयानमा भने, एसएलसी पनि पास नगरेको व्यक्ति कसरी प्रधान न्यायाधीश बन्छ?