म्याड्रिड– स्पेनिस ला लिगा फुटबलमा शिर्षस्थानमा रहेको बार्सिलोना आफुभन्दा एक खेल बढी खेल्दै दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडभन्दा स्पष्ट ६ अंकले अगाडि छ।यस्तो अवस्थामा शनिबार राती बार्सिलोनाले रियल सोसिडाडको मैदानमा उत्रदा नौ अंकको अग्रता कायम राख्नुपर्ने चुनौती छ।
बार्सिलोना ला लिगाको यो सिजन एकमात्र अपराजित टोली हो।
तर ला लिगामा यी दुई टोलीबीच यसअघि भएका भिडन्त भने रोमान्चक हुने गरेका छन्।
यसै कारण बार्सिलोनालाई सोसिडाडको चुनौती सहज हुने छैन।
ला लिगामा यी दुई टोलीबीच पछिल्लो भिडन्त बार्सिलोनाको मैदानमा भएको थियो जसमा घरेलु टोली ३–२ गोलले विजयी भएको थियो।
ला लिगामा यी दुई टोलीबीच भएका पछिल्ला सात भिडन्तमा बार्सिलोना र सोसिडाड दुवैले समान तीन तीन खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको थियो।
गत वर्षको स्पेनिस कोपा डेल रेमा बार्सिलोनाविरुद्ध पहिलो लेग १–० गोलले जितेको सोसिडाड दोस्रो लेगमा ५–२ गोलले पराजित भएको थियो।
सोसिडाड घरेलु लिगमा यो सिजन १८ खेलबाट २३ अंक जोडेर तालिकाको १४ औं स्थानमा छ।
सम्बन्धित समाचारहरु…

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































