
काठमाडौँ- तिथि विवादमा रहेको सोनाम ल्होसार काठमाडौंमा कर्मथलो बनाएका तामाङ समुदायले भृकुटीमण्डपमा विहीबार नै मनाएका छन्। तामाङ खाना, वेशभूषासहित उनीहरुले हर्षोल्लासपूर्वक ल्होसार मनाएका हुन्।
ल्होसारलाई महोत्सवको रुपमा मनाइरहँदा सरकारले टुँडिखेलमा ठाउँ नदिएको तामाङ अगुवाहरुले आरोप लगाए।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले तामाङ समुदाय प्रकृतिपूजक रहेको जनविश्वास छ।
देश सञ्चारका फोटो पत्रकार बर्षा शाहको क्यामेरामा कैद गरिएका सोनाम ल्होसारका केही तस्बिरहरु:
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार