आबुधाबीमा खुला रक्तदान कार्यक्रम

आबुधाबीमा खुला रक्तदान कार्यक्रम
+
-

आबुधाबी-गैह्र आवासीय नेपाली संघ युएईले स्वास्थ्य महिनाको रुपमा जनवरीलाई मनाउने कार्यक्रम अनुसार जनवरी १९ को दिन आबुधाबीमा खुला रक्तदान कार्यक्रम सम्पन्‍न गरेको छ। करीब सयको संख्यामा दाताहरुले रक्तदान गरेको एनआरएनए युएईका उपाध्यक्ष निर्मल पोख्रेलले बताए।

उनका अनुसार रक्तदान कार्यक्रममा करिब ८० जना पुरुष र २० जना महिलाहरु सहभागी भएका थिए। त्यसमा स्थानीय बासिन्दाको पनि उल्लेख सहभागिता रहेको थियो।

एनआरएनए राष्ट्रिय समन्वय समितिको आयोजना तथा अबुधाबी क्षेत्रीय समिती र अबुधाबी नेसनल ब्लड बैंकसँगको सहकार्यमा सञ्‍चालित रक्तदान कार्यक्रममा एनआरएनए का पदाधिकारी, पत्रकारहरु र समाजसेवीहरुको पनि सहभागिता थियो ।

यसका साथै आगामी हप्ताको शुक्रबार विभिन्‍न पेशा र रोजगारका शिलशिलामा युएईमा रहेका नेपालीहरुको स्वास्थ समस्याहरुको पहिचान, निराकरण, परामर्श तथा सहजीकरण सुविधा निशुल्क रूपमा उपलब्ध गराउने उद्देश्यले एनआरएनएले ‘स्वास्थ महिना’को अवधारणा अनुसार जनवरी २६ मा निशुल्क स्वास्थ शिविर हुने कुरा उपाध्यक्ष निर्मल पोख्रेलले जानकारी गराएका छन्।

निशुल्क स्वास्थ्य शिविर अन्तर्गत युएईमा रहने सम्पूर्णले आफ्नो शारीरिक परीक्षण नि:शुल्क गर्न पाउने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?