
रौतहट – धुर्मुस सुन्तली फाउन्डेशनले रौतहटको सन्तपुरमा बाढी पीडितका लागि निर्माण गरेको एकीकृत बस्तीको मंगलबार हस्तान्तरण गरिएको छ । बस्ती हस्तान्तरणका लागि गरिएको विशेष कार्यक्रमको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन् ।
पाँच करोड ९५ लाख रुपैयाँमा तयार भएको सन्तपुर बस्तीमा ४५ घर, सामुदायिक भवन, मन्दिर, आधारभूत तहको स्कुल, बगैँचा र भ्यू–टावर निमार्ण गरिएको छ ।
भूकम्प प्रतिरोधि घर दुई तलाका छन् । प्रत्येक घरमा खानेपानीको धारा र बाथरुमको व्यवस्था गरिएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगबाट यो बस्ती निर्माण गरिएको हो ।