
काठमाडौं – दाँतको भूमिका खाना चपाउनका लागि मात्र होइन, हामीलाई सुन्दर देखाउन पनि हुन्छ । तर यहि दाँतको ख्याल भने हामीले त्यति गरेको पाईँदैन । नदुखेसम्म वा समस्या नआउँदासम्म दाँतको बारेमा खास ध्यान दिँदैनौँ । सरसफाईमा कमी तथा खानपानमा ख्याल नगर्दा दाँतमा विभिन्न समस्या देखिने गरेको डाक्टरको भनाई छ ।
दाँतको सुरक्षा कसरी गर्ने ?
दन्त चिकित्सक जुना लोहोनीका अनुसार अनावश्यक रुपमा ब्रस गर्नाले पनि दाँतको बाहिरी भागमा हुने इनामेल खिईने गर्छ । यसले गर्दा समस्या आउने गरेको उनको भनाई छ ।
दाँतको सुरक्षाका लागि
सकेसम्म जङ्क फुड र फास्ट फुडको कम प्रयोग गर्ने । किनकी एसिडिक खानेकुरा, कोल्ड ड्रिंक्स खाएको आधा या एक घण्टासम्म ब्रस गरिएन भने त्यसले दाँतलाई कमजोर बनाउँछ ।
धेरै तातो र चिसो खानेकुरा एकैपटक नखाने, तातो चिसो खादाँ दाँतको संवेदनशीलतामा ह्रास आउने गर्छ ।
जाडोमा खाना खाइसकेपछि या गुलियो खानेकुरा खाएपछि ब्रस गर्नुपर्छ , ब्रस गर्न नमिलेमा मुख राम्रोसँग कुल्ला गर्नुपर्छ ।
सूर्तिजन्य पदार्थ सेवनका कारण दाँत फोहोर देखिनुका साथै अरु समस्या देखिन्छ । तसर्थ यस्ता पदार्थको सेवन नगर्दा दाँतलाई सुरक्षित राख्न सकिन्छ ।
दाँतको बिचमा जमेको फोहोरले गर्दा श्वास गनाउने हुदाँ खाना खाइसकेपछि डेन्टल फल्स र या दाँतमा अड्किएको फोहोर निकाल्न इन्टरडेन्टल ब्रसको प्रयोग गर्न सकिन्छ ।
गुलियो, क्यामिकलयुक्त र जङ्क फुटको प्रयोगले दाँतमा ब्याक्टेरिया संक्रमण ल्याउने र दाँत दुख्न सक्ने हुनाले दिनको दुईपटक खाना खाईसकेपछि ब्रस गर्नुपर्छ ।
दाँतको सामान्य दुखाईमा नुनपानीले मुख कुल्ला गर्ने
दाँतको समस्या हुनेले साह्रो खानेकुराको प्रयोग कम गर्ने
फ्लोराईडयुक्त टुथपेस्टको प्रयोग गर्ने
६ महिनाको फरकमा दाँतको जाचँ गराउने
गिँजा तथा दाँतबाट रगत आउनाले ठूलो समस्या आउन सक्छ । यस्तै फोक्सोको समस्याले पनि दाँतको समस्या आउन सक्ने हुदाँ दाँतको समस्या देखिनासाथ स्वास्थ्य परीक्षण गराउनु पर्छ ।